• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कमलामाई नगरपालिकालाई नै खुला चुनौती : कार्यालयकै गेटमा म्याद गुज्रेको सामान बिक्री

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १९, २०८०
in Business, Featured, Life, News, Province 3
0

Share via:

142 Shares
  • Facebook 142
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । स्थानीय तहको काम कति फितलो छ खोज्न टाढा जानै पर्दैन । केवल कमलामाई नगरपालिकाको गेटमा पुगे हुन्छ । कानुनत स्थानीय वस्तु र सेवा व्यापारको गुणस्तरको अनुगमन र नियमनको जिम्मा पाएको स्थानीय तहको कार्यालयको गेटमै म्याद गुज्रिएका सामान खुलेआम विक्री हुनुलाई सामान्य रुपमा लिन समेत सकिदैन । जहाँ म्याद गुज्रिएका सामान मात्र विक्री भएका छैनन पसलको बैधानिकतामा समेत प्रश्न उठेको छ ।

जिल्लाको सदरमुकाम रहेको क्षेत्र त्यो पनि कमलामाई नगरपालिका कार्यालयकै गेटमा म्याद सकिएका सामान विक्री हुँदा नगरपालिका भने मौन देखिएको छ । नगपालिकाको गेटमै सञ्चालित पसल अवैधानिक तरिकाले सञ्चालन भएको र म्याद सकिएका सामग्री विक्री भईरहेको फेला परेपछि नगरपालिका स्तरको अनुगमन समितिलाई समेत गम्भिर प्रश्न खडा भएको छ ।

कमलामाई नगरपालिका कार्यालयको गेटसँगै जोडिएको किराना पसलमा अनुगमनका क्रममा म्याद नाघेका सामग्री खुलेआम विक्री वितरण भईरहको पाईएको हो ।

किराना तथा खाद्य सामग्री र फलफूल विक्री वितरण भईरहेको उक्त पसलमा सुकेका कुहिएका फलफूल, म्याद गुज्रेका खाद्य सामग्रीहरु खुलेआम विक्री भईरहेको फेला परेको छ भने उक्त पसलको वैधानिक दर्ता समेत भेटिएको छैन ।

दर्ता प्रमाणपत्र र प्यान नम्बर सन्देश रेडिमेट सेन्टरको नाममा रहेको तर किराना र फलफूल पसल सञ्चालनमा रहेको पाईएको हो । दर्ता एउटा र पसलमा फरक कारोबार भेटिएपछि अनुगमन समितिले ‘कपडा र जुत्ता मात्र विक्री गर्ने’ सुझाव दिएको छ ।

उक्त पसलसँग ५२ हजार ७७० रुपैंया बराबरको म्याद नाघेका प्याकिङ सामानहरु बरामद गरिएको छ । सरोज बुढाथोकीले सञ्चालन गरेको उक्त पसलमा विक्रीको बिल समेत नभएको पाईएको छ । उक्त पसल लगभग रित्तो हुने गरि सामान निकालिएको छ ।

यस्तै सिन्धुली बसपार्क नजिकै धुराबजार जाने बाटोमा रहेका होटलहरुमा पनि खुला र ढुसी आएका खानेकुरा राखिएको, खुल्ला रुपमा खानेकुरा राखेर विक्री वितरण गरिएको पाईएको छ । यहाँको विन्दबासिनी खाजा घरमा यस्ता सामग्री फेला परेको हो । त्यहाँ खुल्ला लोकल मदिरा विक्री वितरण गरेको समेत पाईएको छ । यस्तै म्याद गुज्रेका पेय पदार्थ समेत पाईएको छ ।

जिल्ला स्तरीय अनुगमन समितिले बसपार्क आसपास, स्टल बजार, धुराबजारका ४८ किराना तथा खाद्य पसल र केहि खुला होटलमा समेत अनुगमन गरेको छ । अनुगमनमा १५ वटा पसलमा म्याद गुज्रेका सामग्री फेला परेको छ । अनुगमन समितिले ६७ हजार २ सय ५१  रुपैंया बराबरको म्याद गुज्रेका खान अयोग्य सामग्री बरामद गरि नष्ट गरेको छ ।

अनुगमनमा म्याद सकिएका सामग्री मात्र हैन लेवल नलगाएका सामग्रीहरु समेत विक्री भएका छन । अधिकांश पसलमा साईनवोर्ड नराखिएको, कतिपय पसलहरु दर्ता र करको दायरामा नआएको पाईएको छ ।

साईनवोर्ड होटलको, पसल किराना

अनुगमनका क्रममा देखिएको अर्को रोचक विषय भनेको साईनवोर्डमा होटलको नाम र कारोबार किराना हो । कमलामाई नगरपालिका वडा नं. ६ धुराबजारमा रहेको एक पसलमा यस्तो दृष्य देखिएको हो । दिदीबहिनी खाजा घर लेखिएको बोर्ड र भित्र होटल नभएको पाईएको छ । जहाँ होटल नभई किराना पसल सञ्चालनमा रहेको पाईएको छ । उक्त पसल दर्ता रहेको समेत पाईएको छैन । म्याद गुज्रेका सामान समेत पाईएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्थानीय तहलाई अनुगमनको जिम्मा कानुन त छ । स्थानीय सरकार सञ्चालन ऐनले नै बजार अनुगमन गर्ने र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । ऐनको  दफा ११ उपदफा ञ ५ मा स्थानीय वस्तु र सेवा व्यापारको गुणस्तरको अनुगमन र नियमन गर्न सक्ने व्यवस्था उल्लेख छ ।

स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा स्थानीय बजार अनुगमन समिति रहन्छ । उक्त समितिले बजार र गुणस्तरदेखि मुल्य समायोजन समेतको काम गर्ने अधिकार रहन्छ र कारावाहि गर्ने समेत अधिकार रहन्छ । मुल्य निर्धारण गर्ने अनुगमन गर्ने लगाएतका काम स्थानीय तहले गर्छ तर कमलामाई नगरपालिकाको मुख्य बजार क्षेत्रमै मुल्य सूचि समेत नराखी व्यवसायहरु सञ्चालन भईरहेका छन । अखाद्य वस्तुको खुलेआम विक्री वितरण भईरहेको छ । कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले चाडवाड लक्षित बजार अनुगमन केहि दिनमा गरिने बताईन ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कमलामाई नगरपालिकाका प्रतिनिधि, उपभोक्ता हितमा क्रियाशिल संंस्थाका प्रतिनिधि, घरेलु तथा साना उद्योग विकास कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षा निकाय लगाएतका सरोकारवालाको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

चाडवाड लक्षित अनुगमन : दुई सप्लायर्सलाई कारवाहि, एउटा क्लिनिक बन्द

Next Post

कला संरक्षणको जिम्मा राज्यले लिनुपर्छ : मन्त्री श्रेष्ठ

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied