• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

चाडवाड लक्षित अनुगमन : दुई सप्लायर्सलाई कारवाहि, एउटा क्लिनिक बन्द

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १७, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

76 Shares
  • Facebook 76
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले जिल्लाका विभिन्न बजार क्षेत्रमा चाडवाड लक्षित अनुगमनलाई तिव्र बनाएको छ । अनुगमनका क्रममा बुधबार मरिण गाउँपालिकाको कपिलाकोट र हरिहरपुरगढी गाउँपालिकाको झनझने बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मरिण गाउँपालिका ६ छापका दुईवटा सप्लायर्सलाई कारवाहि गरिएको छ भने हरिहरपुरगढी झनझनेको एक क्लिनिकको सबै कारोबार बन्द गरिएको छ ।

अनुगमनका क्रममा मरिण गाउँपालिका वडा नं. ६ को सिद्धि विनायक खाद्यान्न तथा किराना सप्लायर्स र मरिण गाउँपालिका ६ कै समृद्धि ट्रेडर्सलाई कारवाहि गरिएको हो । सिद्धि विनायकलाई २ लाख पचास हजार र समृद्धि टे«डर्सलाई पन्ध्र हजार जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ ।

सिद्धी विनायक खाद्यान्न तथा किराना सप्लायर्सले भारतीय कम्पनी इन्डियन नं. १ प्रिमियम राईस लेखिएको बोरामा लोकल चामल प्याकिङ गरि बेचेको, दाल र चामलको बोरामा लेवल नभएको पाईएको थियो । सिद्धि विनायकबाट पचास वटा भारतीय कम्पनीको लेवल प्रिन्ट भएका बोरा र बोरा शिल गर्ने मेसिन समेत बरामद गरिएको छ ।

यस्तै समृद्धि ट्रेडर्सलाई २४ वटा चामलको बोरामा लेवल नभएको र विल समेत भएकाले कारवाहि गरिएको अनुगमन समितिले जनाएको छ । समृद्धि ट्रेडर्सलाई चामल सम्बन्धित सप्लायर्सलाई फिर्ता गरि मरिण गाउँपालिकाको कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयलाई जानकारी गराउन निर्देशन समेत दिईएको छ ।

दुवै सप्लायर्समा गाउँपालिका स्तरको अनुगमन समितिले असोज १४ गते अनुगमन गरि शिल गरेको थियो भने थप अनुगमन र कारवाहिका लागि जिल्ला अनुगमन समितिलाई सिफारिस गरेको थियो ।

समितिले गाउँपालिकाको अनुरोधमा अनुगमन गरि शिल खोलेको थियो । शिल खोलेर हेर्दा गाउँपालिकाले जानकारी दिए अनुसारका कमी कमजोरी पाईएकाले कारवाहि गरिएको घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीका प्रमुख प्रवीण श्रेष्ठले बताए ।

यसैगरि अनुगमन समितिले हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ मा सञ्चालित माझगाउँ जे.भि.एस. पोलिक्लिनिक बन्द गरिएको छ । इजाजत पत्र नलिई मेडिकल तथा क्लिनिक सञ्चालन गरेको पाईएपछि क्लिनिक बन्द गरिएको हो ।

इजाजत नलिएसम्म सञ्चालन गर्न नपाउने गरि औषधि बिक्री वितरण तथा क्लिनिक सञ्चालन गर्न नपाउने गरि बन्द गरिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा फेला परेका म्याद नाघेका सामान बरामद गरि नष्ट गरिएको छ । ५ हजार ८४० रुपैंया बराबरको सामान जफत गरि नष्ट गरिएको अनुगमन समितिका सदस्य खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पुष्पलाल राईले बताए । अनुगमन समितिले हरिहरपुरगढी गाउँपालिकाको झनझनेमा ५ वटा किराना पसल, १ वटा होटल, २ वटा एग्रोभेट र १ वटा मेडिकलको अनुगमन गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

चाडवाड लक्षित मुल्यवृद्धि, उपभोग्य म्याद गुज्रेका खाद्य सामग्रीहरूको खरिद÷विक्री, लेबल स्पष्ट नभएका खाद्य सामग्रीहरुको बिक्री वितरण तथा खाद्य वस्तुमा कृतिम अभाव सृजना हुन नदिन खाद्य तथा किराना पसलमा अनुगमन गरिएको श्रेष्ठले बताएका छन । अनुगमन टोलीले व्यवसायीहरुलाई मुल्यसूची सबैले देख्ने गरी अनिवार्य रुपमा राख्न, व्यवसाय दर्ता गरी मात्र संचालन गर्न, अनिवार्य रुपमा खरिद विल लिन तथा विक्री विल जारी गर्न, म्याद नाघेका सामान नबेच्न निर्देशन दिएको छ ।

यस्तै म्याद सकिने मिति नजिकिएका र लेवल प्रष्ट नभएका सामान विक्री नगर्न, फर्मको उद्देश्य भन्दा बाहेक सामानहरु राखी विक्री वितरण नगर्न र म्याद सकिएका सामान छुट्टै कोठामा राख्ने व्यवस्था मिलाउन समेत निर्देशन गरिएको छ ।

अनुगमन समितिले म्याद नभएका र लेवल नभएका सामग्री खरिद नगर्न, अनिवार्य विल लिन र मुल्यसूची अनुसारको दररेट भन्दा बढी मुल्य नतिर्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।

अनुगमनमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, जिल्ला प्रशासनका कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली उद्योग वाणिज्य संघका पदाधिकारी, मरिण गाउँपालिका, सुरक्षा निकाय, नगरप्रहरी, संचारकर्मी लगायत अन्य सरोकारवाला निकायहरुको सहभागितामा रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अनि युवा किन खाडी नभासियोस ?

Next Post

कमलामाई नगरपालिकालाई नै खुला चुनौती : कार्यालयकै गेटमा म्याद गुज्रेको सामान बिक्री

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied