सिन्धुली । सिन्धुलीका नेवार समुदायले (सापारु) गाईजात्रा पर्व मनाएका छन । उनीहरुले मान्छे मरेको घरबाट विधिबत गाईको पूजा गरि गाईजात्रामा सहभागि भएर गाईजात्रा मनाएका हुन । नेवारहरुको मन्दिर गणेश मन्दिर २ नं. बजारबाट सापारु निकालिएको हो ।
नेवाः देय दवू, नेवाः समाज, नेवाः मिसा दवू सिन्धुलीको संयुक्त आयोजनामा सापारु (गाईजात्रा) निकालिएको हो ।

गाईजात्राका अवसरमा आयोजित लाखे नाच सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । नेवारहरुको गाईजात्रामा अन्य समुदायको सहभागिता तथा समर्थन रहेको थियो ।





















