• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, August 9, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

परिश्रम गरेर दुध उत्पादनमा लाग्नुस : अध्यक्ष बराल

१३८ किसानले पाए अनुदान

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १५, २०८०
in Business, Featured, News, Province 3
0

Share via:

115 Shares
  • Facebook 115
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले परिश्रम नगरि फल प्राप्त नहुने भएकाले किसानलाई परिश्रम गरेर दुध उत्पादनमा लाग्न आग्रह गरेका छन । उनले महाभारत दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानहरुलाई सम्बोधन गर्दै उत्पादनमा लागेका किसानलाई गाउँपालिकाले सहयोग गर्ने बताए ।

उनले गाउँपालिकाले यसै वर्षदेखि दुधमा ३ रुपैंया प्रतिलिटर अनुदान दिन कार्यविधि तयार गरेको र कार्यान्वयनमा जाने समेत बताएका छन । शुक्रबार महाभारत दुग्ध उत्पादक सहकारी संस्था, गोलञ्जोर ५ ले सहकारीमा आवद्ध दुग्ध उत्पादक किसानहरुलाई अनुदान वितरण गर्न आयोजना गरेको कार्यक्रममा बरालले यस्तो बताएका हुन ।

अध्यक्ष बरालले आर्थिक, प्राविधिक सहयोग गर्न गाउँपालिका तयार रहेको बताए । बरालले किसानलाई पशु विमा गर्न समेत आग्रह गरेका छन । ‘पशु विमाका लागि गाउपालिकाबाट सहयोग गर्छौं, बिमा गर्नुस,’ बरालले किसानलाई भने ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले उत्पादित वस्तुमा अनुदान दिदा वास्तविक किसानले अनुदान पाउने बताए । उनले उत्पादनमा दिएको अनुदान दुरुपयोग भएकाले उत्पादित वस्तुका आधारमा दिईने अनुदान प्रभावकारी हुने बताए । न्यौपानेले ढुक्क भएर दुध उत्पादनमा लाग्न किसानलाई आग्रह समेत गरे ।

महाभारत दुग्ध उत्पादक सहकारीले बाग्मति प्रदेश सरकारको पशुपंछि तथा मत्स्य विकास निर्देशनालय मकवानपुरले दिएको अनुदान रकम वितरण गरेको हो । निर्देशनालयले उक्त सहकारीमा आवद्ध १३८ जना किसानलाई प्रतिलिटर ३ रुपैंया पचास पैसाका दरले अनुदान उपलब्ध गराएको थियो ।

किसानहरुलाई २ लाख ७७ हजार ६४४ लिटर दुधको अनुदान दिईएको छ । पशुपंछि तथा मत्स्य विकास निर्देशनालय मकवानपुरको ८ लाख १ हजार ८४६ रुपैंया अनुदान रहेको थियो भने सहकारीले १ लाख ६९ हजार ९०८ रुपैंया थप गरि ९ लाख ७१ हजार ७५४ रुपैंया रकम अनुदान दिइएको सहकारी संस्थाका अध्यक्ष नवराज गजुरेलले बताए । महाभारत सहकारीमा आवद्ध कृषि समूहका किसानहरुले उक्त अनुदान पाएका हुन ।

सहकारी मार्फत सञ्चालनमा आएका चारवटा दुध संकलन केन्द्रका किसानहरुले उक्त रकम पाएका हुन । उक्त अनुदान रकम आर्थिक वर्ष २०७८/७९ को रहेको सहकारीका अध्यक्ष गजुरेलले बताए । उनले सहकारीले किसानलाई किसान कार्डको व्यवस्था गर्न लागिएको समेत जानकारी दिए । उनले आर्थिक वर्ष २०७९/८० को अनुदान रकम पनि तुरुन्तै वितरण गर्ने तयारी रहेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उक्त कार्यक्रममा खनियाँखर्क संकलन केन्द्रका २८ जना, राजपानी संकलन केन्द्रका ११५ जना मधुटार संकलन केन्द्रका २८ जना, साखाजोर संकलन केन्द्रका १५ जना किसानले अनुदान पाएका छन ।

उक्त कार्यक्रममा बोल्दै दुध संकलक तथा वितरणको जिम्मा लिएको कोशेली डेरी उद्योगका अध्यक्ष बिमला काफ्लेले किसानले उत्पादन गरेको दुध विक्री नहुने समस्या हुन नदिने बताईन । उनले भनिन, ‘दुध उत्पादन गर्नुस, बजार व्यवस्थापनको काम कोशेली डेरीले गर्छ ।’

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमाढी नेवार समुदायले मनाए गाईजात्रा

Next Post

एमालेलाई फसाउन खोलेको भ्रष्टाचारको फाईल प्रचण्डसँग ठोक्किएर सकिन्छ : बस्नेत

सम्बन्धित खबरहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका
Featured

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध
Featured

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या
Featured

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Featured

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी
Life

बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, खोजी जारी

भर्खरै प्राप्त समाचारहरु

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

सिन्धुलीमा अत्यधिक हराउँछन् महिला, बालबालिका

क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध

सुनकोशी दुर्घटना अपडेट : गोताखोरको टोलीद्वारा खोजी जारी, पानीको बहावले उद्धारमा समस्या

सुनकोशी कार दुर्घटना अपडेट : तीन जना वेपत्ता रहेको पुष्टि

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण
Featured

कमलामाई मन्दिर परिसरमा बाईस धारा निर्माण

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

मायावतीको मायामा रमाउँदै बालबालिका
Featured

मायावतीको मायामा रमाउँदै बालबालिका

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत
Featured

सिन्धुलीका विपद् प्रभावित किसानलाई बाईस लाख बढी राहत

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या
Health

सिन्धुलीमा कोदो खेतीको सम्भावना अत्यधिक, उत्पादन र बजारीकरणमा समस्या

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied