सिन्धुली । चार पाँच दिन देखिको अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले कटान र पुरान सुरु गरेको छ । नदीको वहाव बढेसँगै कटान, पुरान सुरु भएको हो ।
कमला नदीको कटानले दुधौली नगरपालिका वडा नं. ६ मा धानखेत कटान गरेर क्षती गरेको छ । बाढीले उक्त वडाका करीब १३ जनाको २ विघा ४ कठ्ठा जमिनमा कटान र ६ कट्ठा जग्गा पुरान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कमला नदीले दुधौली नगरपालिका वडा नं. ६ का तेजबहादुर लामिछाने मगर, इश्वर लामिछाने मगर, भक्त बहादुर लामिछाने मगर, डढेर बहादुर लामिछाने मगर, गणेश बहादुर लामिछाने, केशर बहादुर कार्की, रामजी गिरी, जतनलाल धामी, कौशिला बुढाथोकी, पृथ्वी बहादुर श्रेष्ठ, शम्भु गौतम, श्याम कार्की, ज्ञान बहादुर बलम्पाकी, भक्त बहादुर पुलामी, लिला बहादुर कार्कीको खेत कटान गरेको छ भने देव बहादुर पुलामीको खेत पुरेर धान खेतिमा क्षती पु¥याएको छ ।
कमला नदीले कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा हरेक वर्ष खेतियोग्य जमिन कटान गर्दै आएको छ । यस अघिको वर्षाले पनि दुधौली नगरपालिका ३ मा जमिन कटान गरेको थियो ।





















