सिन्धुली । विश्व हिन्दु महासंघ नेपाल र कृष्ण प्रणामी सेवा समाजले गौहत्या र धर्म परिवर्तन जस्ता क्रियाकलाप रोक्न र सामाजिक सद्भाव कायम राख्न माग गरेका छन । प्रमुख जिल्ला अधिकारी मार्फत दुवै संस्थाले सरकार समक्ष उक्त माग राखेका हुन ।
सोमबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगि दुवै संस्थाले गौहत्या र धर्म परिवर्तन जस्ता क्रियाकलाप रोक्न र संविधानको रक्षा गर्न माग गरेका हुन ।
दुवै संस्थाले ७७ वटै जिल्लामा एकैसाथ ज्ञापन पत्र बुझाएका छन । सिन्धुलीमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीलाई दुवै संस्थाले ज्ञापन पत्र बुझाएका छन । उनीहरुले धर्मका नाममा समाजमा द्वन्द्व र युद्धको स्थिति सिर्जना हुन सक्ने खतरा बढेको प्रति चिन्ता व्यक्त गरेका छन ।
दिनदहाडै गाई गोरुको हत्या गरि खुलेआम मांश भागवण्डा गरि खाए खुवाएको घटना संविधान विरोधि, संस्कृति विरोधी र धार्मिक सद्भाव विरोधी गर्म भएको भन्दै त्यस घटनाको महासंघले विरोध समेत गरेको छ ।
यस्तै श्रकृष्ण प्रणामी सेवा समितिले पनि जघन्य सामाजिक, धार्मिक सहिष्णुता तथा आस्था एवम् विश्वासमा खलल पु¥याउने किसिमको प्रवृतिप्रति निन्दा गरेको छ । समितिले गौहत्या घटनाको छानविन गरि दोषीलाई कारवाहि गर्न माग समेत गरेको छ ।





















