सिन्धुली । आदिवासी जनजातीले सोमबार बिरोध प्रदर्शन गरेका छन । अधिवक्ता भगवती पाण्डे (शितल) ले साउन ७ गते एक टेलिभिजनमा दिएको विवादास्पद अभिव्यक्ति विरुद्ध उनीहरुले विरोध प्रदर्शन गरेकाहुन ।
तामाङ र मगर समुदायलाई अपाराधीकरण गर्ने गरी अभिव्यक्ति दिने अधिवक्ता पाण्डे र शान्तिपुर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग गरी नियन्त्रणमा लिएर चरम यातना दिने प्रहरीलाई कारबाहीको माग गदैँ सिन्धुलीका आदिवासी जनतातीले जिल्ला प्रशासन कार्यालय घेराउ, धर्ना तथा ज्ञापनपत्र बुझाएका हुन ।
अधिवक्ता पाण्डेले दिएको विवादास्पद अभिव्यक्ति विरुद्धमा सिन्धुलीका ९ वटै पालिकाका तामाङ,मगर तथा मुस्लिम समुदाय प्रदर्शनमा सहभागि भएका छन ।
बिरोध प्रदर्शन नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति सिन्धुली, नेपाल मगर संघ जिल्ला कार्य समिति सिन्धुली, नेपाल आदिवासी जिल्ला समन्वय समिति सिन्धुली र नेपाल मुस्लिम संघ सिन्धुलीको आयोजनामा भएका हो ।





















