• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, June 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बाढीको उच्च जोखिममा सिन्धुली

बिमला पाण्डे by बिमला पाण्डे
साउन १८, २०८०
in Featured, Life, News, Province 3
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली जिल्ला बाढीको उच्च जोखिममा रहेको छ । जिल्लामा विपदबाट हुने घटनाहरुमा सबैभन्दा बढी जोखिम बाढीको रहेको पाईएको हो । जिल्ला विपद व्यवस्थापन समितिले उक्त तथ्य सार्वजनिक गरेको हो ।

सात वर्षको तथ्यांकलाई विश्लेषण गर्दा जिल्लामा बाढीका कारणले ७३ जनाले ज्यान गुमाएका छन भने १३ जना बेपत्ता छन । आपतकालिन कार्य सञ्चालन केन्द्र सिन्धुलीको तथ्यांक अनुसार यो अवधिमा ४ जना घाईते र ४८ परिवार प्रभावित छन ।

आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा बाढीले अन्य विपदको तुलनामा अत्यधिक क्षती गरेको पाईएको हो । बाढीले सातवर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७९/८० मा २१ जनाको मृत्यु भयो । २०७८/७९ मा १५ जनाको मृत्यु भयो । त्यस्तै आव २०७४/०७५ मा १२ जनाको मृत्यु भयो, २ जना घाईते भए भने २ जना वेपत्ता भए ।

आव २०७६/७७ मा ९ जनाको बाढीका कारणले ज्यान गयो, ३ जना वेपत्ता भए भने बाढीले ४८ परिवारलाई प्रभावित ग¥यो । आव २०७२/०७३ मा ४ जनाको मृत्यु, आव ०७३/७४ मा ६ जनाको मृत्यु, ५ वेपत्ता र २ जना घाईते, २०७५/७६मा ९ जनाको मृत्यु, ३ जना वेपत्ता र आव २०७७/७८ मा ७ जनाको मृत्यु भएको छ । सात वर्षको तथ्यांक हेर्दा हरेक वर्ष जसो बाढीले धनजनको क्षती गर्ने क्रम बढ्दो छ ।

यस्तै नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको गैह्र खाद्य सामग्री वितरणको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी ७५१ घरपरिवार बाढीबाट प्रभावित थिए । ७९ हावाहुरीबाट प्रभावित थिए । ३५ परिवार हात्ति आतंक, २९ परिवार आगलागी, १४ परिवार चट्याङबाट प्रभावित रहेका थिए । यसले पनि जिल्लामा बाढीको उच्च जोखिम रहेको देखाउँछ ।

नेपाल सरकारले सिन्धुलीलाई देशभरका जिल्लामा स्कोर गर्दा बाढीको जोखिम क्षेत्रमा परिभाषित गरेको छ । यता जिल्ला विपद व्यवस्थापन समितिले तयार गरेको विपद पूर्व तयारी तथा प्रति कार्य योजना २०८० मा बाढीबाट कमला नदी आसपासका बस्ती र मरिणखोला आसपासका बस्तीहरु बढी प्रभावित हुने उल्लेख गरेको छ ।

कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिकाका विभिन्न वडाहरु यसबाट प्रभावित हुने अनुमान गरिएको छ । विगतका वर्षमा पनि यी पालिकाहरु बाढीबाट बढी प्रभावित भएका थिए । यस्तै चुरे क्षेत्रका खहरे नजिकका बस्ती पनि यसबाट प्रभावित हुने गरेका छन । हरिहरपुरगढी गाउँपालिका र तिनपाटन गाउँपालिकालाई मध्यम जोखिममा राखिएको छ । अन्य पालिकाहरु कम जोखिममा परेका छन । जिल्लामा साना ठूला गरेर १४९ वटा नदिनाला रहेको तथ्यांक छ । जसमा मुख्य ९ वटा नदीहरुले जिल्लामा बढी विपद निम्त्याउने गरेको पाईएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लामा कमला नदी, तावा खोला, मरिण खोला, चँदाहा खोला, घागरखोला, क्यानखोला, कोखाजोर खोला, बाग्मति नदी र सुनकोशी नदिमा आएको बाढीले बढी क्षती गर्ने गरेको छ । समितिले विपद प्रति कार्ययोजनामा बाढीलाई ७ स्कोर दिएको छ । यो जिल्लाको विपद मापनको सबैभन्दा बढी स्कोर हो । बाढी पछि महामारी, भुकम्प जस्ता जोखिम हुन सक्ने समितिको आंकलन रहेको छ ।

जिल्लामा यो वर्ष विपदबाट कुल जनसंख्याको ८ प्रतिशत अर्थात २३ हजार ८ सय व्यक्ति प्रभावित हुने आंकलन गरिएको छ । जसको ४० प्रतिशत जनसंख्या विस्थापनको खतरा रहेको उक्त कार्ययोजनामा उल्लेख छ ।

विगतका बाढी पहिरो
सिन्धुली जिल्लामा विगतमा बाढी पहिरोहरुले निक्कै क्षती गरेको पाइन्छ । वि.सं.१९५९ मा कमलाखोंच, मरिण र सिन्धुलीमाढीमा बाढीले खेतियोग्य जमिन कटान तथा क्षती अत्यधिक ग¥यो । जसलाई उनसठ्ठा पनि भनिन्छ । वि.सं. २००१ को असिनापातले आएको बाढी, वि.सं. २०११ सालको बाढी, वि.सं. २०२३, वि.सं. २०२७, वि.सं. २०३८ को बाढीको आयतन पनि सोहि बराबर मानिन्छ ।

वि.सं. २०४१ सालको बाढीले जिल्लाको विकासलाई नै २० वर्ष पछि धकेलेको स्थानीयहरुको बुझाई छ । त्यसपछि वि.सं. २०५० साल र वि.सं. २०६१ सालमा आएको बाढीले जिल्लामा धेरै धनजनको क्षती गरेको छ । यी बाढीका त्रास आज पनि जिल्लामा उस्तै छ । अझ वनजंगलको विनास हुने क्रम बढेका कारण पनि बाढी पहिरोको जोखिम अझ बढेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

यस्ता छन कमलामाई नगरपालिकाको बेरुजुका केहि नमुना

Next Post

ढाका व्यवसायमा स्थापित बेलिमाया

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied