• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, June 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

यस्ता छन कमलामाई नगरपालिकाको बेरुजुका केहि नमुना

बिमला पाण्डे by बिमला पाण्डे
साउन १, २०८०
in Featured, Health, News, Province 3
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाको बेरुजु ९ करोड ६५ लाख ५५ हजार रुपैंया देखिएको छ । २०७८/०७९ को बेरुजु रकम ६ करोड ४ लाख ६६ हजार र गत वर्षको असुली गर्न बाँकी बेरुजु ३ करोड ७१ लाख ८५ हजार बेरुजु देखिएको हो ।

लेखा परिक्षण प्रतिवेदन २०७९ अनुसार २०७८/७९ को बेरुजुमा १० लाख ६१ हजार फस्र्याैट भएको छ । असुल गर्नुपर्ने रकम ९५ लाख ४ हजार देखिएको छ भने कागजात पेश गनुपर्ने रकम ४ करोड ४१ लाख ८२ हजार रहेको देखिएको छ । यस्तै नियमित गर्नुपर्ने ५७ लाख १८ हजार रकम रहेको छ ।

नगरपालिकाले संघिय सरकारले कर्मचारीलाई महंगी भत्ता नदिने परिपत्र गरेको भए पनि नगरपालिकाका १२९ जना कर्मचारीले महंगी भत्ता बुझेको प्रतिवेदनमा उल्लेख छ । महंगी भत्ताबापत २९ लाख ६८ हजार रुपैंया असुली गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

टुक्रे योजनामा बजेट खर्च
यस्तै नगरपालिकाले नगरसभाबाट स्वीकृत कार्यक्रमलाई रकमान्तर गरि टुक्रे योजनामा बजेट खर्च गरेको देखिएको छ । नगरसभाले ५६ कार्यक्रमका लागि ७ करोड ६८ लाख ६१ हजार ९६२ रुपैंया खर्च गर्ने गरि बजेट विनियोजन गरेकोमा सो विपरित उक्त रकम ३५६ योजनामा खर्च गरेको पाईएको हो । यस्तै नगरपालिकाले छनौट गरेका योजनाहरु दिर्घकालिन महत्वका योजना नरहेको पाईएको हो । नगरपालिकाले छनौट गरेका ९८९ योजना मध्ये २०२ योजना एकलाख मुनीका योजना रहेका छन । एकलाखभन्दा माथि ५ लाखसम्मका योजना ७२१ वटा योजना रहेका छन । पाँचदेखि १० लाखसम्मका योजना ३८ वटा रहेका छन । १० लाखदेखि ५० लाखसम्मका योजना २३ वटा र ५० लाख माथिका ५ वटा योजना रहेको छ । प्रतिवेदनले मध्यम र दिर्घकालिन प्रकृतिका योजनाहरुको सूचि तयार गरि कार्यान्वयनमा ल्याउन सुझाव समेत दिएको छ ।

कार्यविधि बिनाका खर्च बढ्दै
नगरपालिकाले कार्यविधि नै नबनाई खर्च गर्ने गरेको पाईएको छ । नगरपालिकाको वार्षिक लेखापरिक्षण प्रतिवेदनले खाना तथा विविध खर्च ७० लाख २१ हजार ६३० गरेको पाईएको उल्लेख गरेको छ । यस्तै आर्थिक सहायता, औषधि उपचार, काजकिरिया खर्च समेतमा विना बिल भपाईको खर्च गरेको देखिएको छ । यस्तो खर्च २७ लाख ९० हजार ७२५ रुपैंया छ ।

नियम विपरित कर्मचारी भर्ना
कमलामाई नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन विपरित कर्मचारी भर्ना गरेको पाईएको छ । प्रतिवेदनले स्थानीय तहले दरबन्दी कायम गरेर कर्मचारीको माग गर्नुपर्नेमा ऐनको व्यवस्था विपरित करारमा कर्मचारी भर्ना गरेको उल्लेख गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (३) विपरित ६९ जना कर्मचारी करारमा भर्ना गरि ४ करोड ५० लाख रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ

सरकारी भ्रमणमा लापरवाहि
कमलामाई नगरपालिकाले सरकारी कामकाजका लागि गरिने भ्रमण र भुक्तानीमा समेत लापरवाहि गरिएको उल्लेख गरेको छ । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ विपरित भ्रमण गरिएको र बढी भत्ता वितरण गरिएको पाईएको हो । उक्त मापदण्डमा ३ जना भन्दा बढी अनुगमन भ्रमणमा जान नपाईने व्यवस्था रहेकोमा ११ जनासम्मले त्यस्तो भ्रमण गरिएको पाईएको छ । अनुगमन प्रतिवेदन बिना भुक्तानी गरेको समेत पाईएको छ । यस्तो रित विपरितको खर्च असुली गर्नुपर्ने उल्लेख गरेको छ । यस्तो असुली गर्नुपर्ने रकम ९६ हजार ५० रुपैंया रहेको छ ।

इन्धन र अतिथि सत्कार मापदण्ड विपरित
कमलामाई नगरपालिकाले सिन्धुलीगढीसँग जोडिएका कार्यक्रमहरुमा अतिथि सत्कारको नाममा ९ लाख २ हजार ८५६ रुपैंया विना हाजिरी, खर्च पुष्टि गर्ने कुनै माईनुट विना खर्च गरेको पाईएको छ । बढीमा २५ हजार रुपैंयासम्म मात्र अतिथि सत्कारमा खर्च गर्न पाईने भए पनि अतिथी सत्कारका विभिन्न कार्यक्रममा मापदण्ड कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै पदाधिकारीको इन्धन खर्चमा पनि मापदण्ड बाहिर खर्च भएको भेटिएको छ । विशेष गरि तत्कालिन मेयर खड्ग बहादुर खत्री, उपमेयर मञ्जु देवकोटाको नाममा बेरुजु देखिएको हो । पदाधिकारीले मासिक एकसय लिटर इन्धन खर्च पाउनुपर्ने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०७८÷७९ को ९ महिनाको कार्यकालमा पूर्व मेयर खत्रीले २ हजार ८३७ लिटर डिजेल र २९२ लिटर पेट्रोल लिएको देखिएको छ । पाउनुपर्ने सुविधा बाहेक खत्रीले ३ लाख ४७ हजार ६१९ रुपैंया बढीको सुविधा लिएका छन ।

यस्तै उपमेयर मञ्जु देवकोटाले ११ महिनामा ३ हजार १०६ लिटर डिजेल र ५० लिटर पेट्रोल प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । देवकोटाले इन्धनमा पाउनुपर्ने सुविधा बाहेक ३ लाख १७ हजार ७८९ रुपैंया बढी भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै कार्यपालिका सदस्य केशर नेपालीले ३ हजार १७८ र वर्तमान मेयर उपेन्द्र पोखरेलले ११ हजार ८७७ रुपैंया बढी भुक्तानी लिएको पाईएको छ । मेयर खत्रीले अतिथि सत्कारका नाममा एकलाख ८० हजार ३७४ रुपैंया बढी भुक्तानी लिएको पाईएको छ ।

मिडियामा छुट नलिएको
कमलामाई नगरपालिकाले मिडिया तथा विभिन्न गैह्र सरकारी संस्थालाई विना प्रतिस्पर्धा कार्यक्रम दिने गरेको, मिडिया छुटका असल अभ्यास अनुसरण गर्न नसकेको र प्रतिस्पर्धा विना विज्ञापन प्रकाशन प्रसारण गरेको भन्दै ध्यानाकर्षण गराएको छ । राष्ट्रिय मिडियामा प्रकाशित विज्ञापनमा बढीमा २५ प्रतिशत मात्र छुट लिएको प्रतिवेदनमा उल्लेख छ । यस्तो रकम ९ लाख ३८ हजार ६०२ रुपैंया भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

Next Post

बाढीको उच्च जोखिममा सिन्धुली

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied