• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, June 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रत्येक वर्ष दोब्बर बढ्दै वैदेशिक रोजगारीको ग्राफ

बिमला पाण्डे by बिमला पाण्डे
असार २१, २०८०
in Featured, News, Province 3, Society
0

Share via:

16 Shares
  • Facebook 16
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा बैदेशिक रोजगारीमा जानेको संख्या हरेक वर्ष तथ्यांक दोब्बर भन्दा बढीले वृद्धि भएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले जनाएको छ । जिल्लाबाट राहदानी बनाउने र सामीको परामर्श केन्द्रमा परामर्श लिन आउनेको संख्या हरेक वर्ष वृद्धि भईरहेको सामीले एक कार्यक्रममा जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रशासन कार्यालयमा २ हजार ७८ जनाले राहदानी लिएका थिए । यस्तै २०७८/७९ मा ४ हजार ७१७ जनाले राहदानी लिए भने २०७९/८० को हालसम्म ९ हजार ५ सय ९४ जनाले राहदानी लिएका छन ।

राहदानी बनाउन आउने र परामर्श केन्द्रमा परामर्श लिन आउने महिलाहरुको संख्या पनि हरेक वर्ष दोब्बर भन्दा बढीले वृद्धि भईरहेको सामी परियोजनाका कार्यक्रम संयोजक केआर विजयले बताए । विजयले सामीद्धारा विहिबार सिन्धुलीमाढीमा वैदेशिक रोजगारका सम्बन्धमा जिल्लामा क्रियाशिल पत्रकारहरुसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त कुरा जानकारी दिएका हुन । तीनवर्षको तथ्यांकलाई हेर्दा जिल्लाबाट राहदानी लिनेमा २६ प्रतिशत महिला छन भने ७४ प्रतिशत पुरुष रहेका छन ।

श्रमिकका रुपमा विदेश
सिन्धुलीबाट विदेश जानेहरु अत्यधिक श्रमिक (कामदार) का रुपमा जाने गरेका छन । उनीहरु रोजगारीका लागि विदेशिने गरेको सामीको तथ्यांक छ । चालु आर्थिक वर्षमा बैदेशिक रोजगारीमा जान राहदानी बनाउनेहरुमा ७ हजार ३४१ जना श्रमका लागि विदेश जाने गरेको पाईएको छ । यो तथ्यांक ७६ दशमलब ५२ प्रतिशत हो ।

त्यस्तै अध्ययनका लागि विदेश जानेको संख्या १ हजार ६ सय ७४, भ्रमणका लागि जानेको संख्या २२४ रहेको छ भने अन्य ३ सय ५५ जना रहेका छन । यसरी विदेशिनेहरु विशेष गरि मलेसिया र खाडी मुलुकहरुमा जाने गरेका छन ।

बैदेशिक रोजगारीमा जानेको संख्या सबैभन्दा बढी देखिएको छ । कमलामाई नगरपालिकाबाट चालु आर्थिक वर्षमा २ हजार ५५२ जनाले वैदेशिक रोजगारीमा जान राहदानी बनाएका छन । यस्तै दुधौली नगरपालिकाबाट १ हजार ८८४, तिनपाटन गाउँपालिकाबाट १ हजार १८९, मरिण गाउँपालिकाबाट १ हजार १५३ जना रहेका छन ।

यस्तै फिक्कल गाउँपालिकाबाट ३४९, गोलञ्जोरबाट ५७९, घ्याङलेखबाट ५९६, हरिहरपुरगढीबाट ७४६ र सुनकोशी गाउँपालिकाबाट ५४० जनाले वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाई केन्द्रमा परामर्शका लागि आएका छन ।

यसरी वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी जनजाती रहेका छन । जनजातीको संख्या ६ हजार २९८ रहेको छ । यो जम्मा संख्याको ६५ दशमलब ६५ प्रतिशत हो ।

त्यस्तै क्षत्री १ हजार ४८०, दलित ९६०, ब्राह्मण ५७७, नेवार ५८, ठकुरी ६३ र अन्य १५८ जना रहेका छन ।
वैदेशिक रोजगारीमा युवा शक्ति पलाएन भएको पाईएको छ । विशेष गरि १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु पलाएन हुने गरेको तथ्यांकले देखाएको छ । यो उमेर समूहका ९ हजार २४३ जना वैदेशिक रोजगारीमा जान राहदानी बनाएका छन । यो वैदेशिक रोजगारीमा जानेको ९६ दशमलब ३४ प्रतिशत हो ।
वैदेशिक रोजगारीमा जानेहरुमा अत्यधिक व्यक्तिहरुको शैक्षिक स्तर कमजोर देखिएको छ । सामीको तथ्यांक अनुसार ५ हजार ७११ जना व्यक्तिहरु एसएलसी भन्दा कम पढेका छन । यो जम्मा संख्याको ५९ दशमलब ५३ प्रतिशत हो । कक्षा १२ देखि माथि अध्ययन गरेका ३ हजार ८८३ जना रहेका छन । जसको प्रतिशत ४० दशमलब ४७ प्रतिशत हुन आउँछ ।

एक वर्षमा चारको मृत्यु
आर्थिक वर्ष २०७९/८० मा सिन्धुलीबाट वैदेशिक रोजगारीमा गएका ४ जनाले ज्यान गुमाए । कमलामाई नगरपालिका ३ का रविबाबु खत्री, तिनपाटन गाउँपालिका ५ का पुष्प बस्नेत, मरिण गाउँपालिका २ का सन्दिप मोक्तान र घ्याङ्लेख गाउँपालिका २ का डिग्रीमान वाईवाले ज्यान गुमाए । वैदेशिक रोजगारीमा ज्यान गुमाएका उनीहरुको सामीको सहजीकरणमा शव नेपाल ल्याईयो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै यो वर्ष ३ महिला सहित ६ जना वेपत्ता भए, ७ जना परिवारको सम्पर्कमा रहेनन । पारिवारिक सम्पर्कमा नरहेका मध्ये १ जना महिला छिन । यस्तै दुर्घटनामा १ जना अंगभंग भए भने एकजना जेलमा परे । जेलमा परेका कमलामाई १४ का ज्ञान बहाहुर सुनुवारको समस्या समाधान भयो । सामीमा आएका ठगीका ४ वटा मुद्दा छन । दलालका कारण ठगिएकाहरुको मुद्दा प्रक्रियामा छन । दुुई जनाको उद्धार गर्नुपर्ने छ ।

वैदेशिक रोजगारीमा गएकाहरुले नियमित रुपमा काम नपाउने समस्या पनि जिल्लाका युवाहरुले भोगेका छन । चालु आर्थिक वर्षमा यस्ता ४ वटा घटना भएका छन । जसको समस्या समाधान गर्न पहल भईरहेको विजयले बताए । उनले सामीमा २९ वटा बैदेशिक रोजगारीसँग सम्बन्धित मुद्दाहरु आएका छन । जसको समाधानका लागि सम्बन्धित निकायमा पहल हुने र समाधानको प्रयास गरिदै आएको छ ।

सिप सिकेर विदेश जाँदैनन
सामी परियोजना मार्फत सञ्चालनमा रहेको परामर्श केन्द्रमा वैदेशिक रोजगारीका बारेमा सूसुचित गरिन्छ । सिप प्रदानका लागि सिफारिस गरिन्छ र रोजगारीमा जानका लागि सिप सिक्न र सहि बाटोबाट विदेश जान अभिप्रेरित गरिन्छ तथापी धेरैलाई सिपका विषयमा चासो छैन । सामीले यो वर्ष परामर्शका लागि आएका ९ हजार ५९४ जनालाई परामर्श दिँदा सिपका लागि २ सय जनालाई सिपका लागि सिफारिस ग¥यो । जसमध्ये सिप लिने १६ जना मात्र भए । धेरैलाई सिपका बारेमा चासो नै छैन । एजेन्ट मार्फत वैदेशिक रोजगारीमा जानेले सावधानीका बारेमा र सिपका बारेमा वास्ता नगर्ने गरेको र समस्या परेपछि मात्र सामीसँग समन्वय गर्ने गरेको कार्यक्रम प्रमुख केआर विजयले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मोटरसाईकल खोलाले बगायो, चालक घाईते

Next Post

सिन्धुलीको एसईई नतिजा : दुईसय छयानब्बेले ल्याए ए प्लस

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied