• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

प्रत्येक वर्ष दोब्बर बढ्दै वैदेशिक रोजगारीको ग्राफ

बिमला पाण्डे by बिमला पाण्डे
असार २१, २०८०
in Featured, News, Province 3, Society
0

Share via:

16 Shares
  • Facebook 16
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा बैदेशिक रोजगारीमा जानेको संख्या हरेक वर्ष तथ्यांक दोब्बर भन्दा बढीले वृद्धि भएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले जनाएको छ । जिल्लाबाट राहदानी बनाउने र सामीको परामर्श केन्द्रमा परामर्श लिन आउनेको संख्या हरेक वर्ष वृद्धि भईरहेको सामीले एक कार्यक्रममा जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रशासन कार्यालयमा २ हजार ७८ जनाले राहदानी लिएका थिए । यस्तै २०७८/७९ मा ४ हजार ७१७ जनाले राहदानी लिए भने २०७९/८० को हालसम्म ९ हजार ५ सय ९४ जनाले राहदानी लिएका छन ।

राहदानी बनाउन आउने र परामर्श केन्द्रमा परामर्श लिन आउने महिलाहरुको संख्या पनि हरेक वर्ष दोब्बर भन्दा बढीले वृद्धि भईरहेको सामी परियोजनाका कार्यक्रम संयोजक केआर विजयले बताए । विजयले सामीद्धारा विहिबार सिन्धुलीमाढीमा वैदेशिक रोजगारका सम्बन्धमा जिल्लामा क्रियाशिल पत्रकारहरुसँग गरेको अन्तक्र्रिया कार्यक्रममा उक्त कुरा जानकारी दिएका हुन । तीनवर्षको तथ्यांकलाई हेर्दा जिल्लाबाट राहदानी लिनेमा २६ प्रतिशत महिला छन भने ७४ प्रतिशत पुरुष रहेका छन ।

श्रमिकका रुपमा विदेश
सिन्धुलीबाट विदेश जानेहरु अत्यधिक श्रमिक (कामदार) का रुपमा जाने गरेका छन । उनीहरु रोजगारीका लागि विदेशिने गरेको सामीको तथ्यांक छ । चालु आर्थिक वर्षमा बैदेशिक रोजगारीमा जान राहदानी बनाउनेहरुमा ७ हजार ३४१ जना श्रमका लागि विदेश जाने गरेको पाईएको छ । यो तथ्यांक ७६ दशमलब ५२ प्रतिशत हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै अध्ययनका लागि विदेश जानेको संख्या १ हजार ६ सय ७४, भ्रमणका लागि जानेको संख्या २२४ रहेको छ भने अन्य ३ सय ५५ जना रहेका छन । यसरी विदेशिनेहरु विशेष गरि मलेसिया र खाडी मुलुकहरुमा जाने गरेका छन ।

बैदेशिक रोजगारीमा जानेको संख्या सबैभन्दा बढी देखिएको छ । कमलामाई नगरपालिकाबाट चालु आर्थिक वर्षमा २ हजार ५५२ जनाले वैदेशिक रोजगारीमा जान राहदानी बनाएका छन । यस्तै दुधौली नगरपालिकाबाट १ हजार ८८४, तिनपाटन गाउँपालिकाबाट १ हजार १८९, मरिण गाउँपालिकाबाट १ हजार १५३ जना रहेका छन ।

यस्तै फिक्कल गाउँपालिकाबाट ३४९, गोलञ्जोरबाट ५७९, घ्याङलेखबाट ५९६, हरिहरपुरगढीबाट ७४६ र सुनकोशी गाउँपालिकाबाट ५४० जनाले वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाई केन्द्रमा परामर्शका लागि आएका छन ।

यसरी वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा बढी जनजाती रहेका छन । जनजातीको संख्या ६ हजार २९८ रहेको छ । यो जम्मा संख्याको ६५ दशमलब ६५ प्रतिशत हो ।

त्यस्तै क्षत्री १ हजार ४८०, दलित ९६०, ब्राह्मण ५७७, नेवार ५८, ठकुरी ६३ र अन्य १५८ जना रहेका छन ।
वैदेशिक रोजगारीमा युवा शक्ति पलाएन भएको पाईएको छ । विशेष गरि १८ देखि ४० वर्ष उमेर समूहका युवाहरु पलाएन हुने गरेको तथ्यांकले देखाएको छ । यो उमेर समूहका ९ हजार २४३ जना वैदेशिक रोजगारीमा जान राहदानी बनाएका छन । यो वैदेशिक रोजगारीमा जानेको ९६ दशमलब ३४ प्रतिशत हो ।
वैदेशिक रोजगारीमा जानेहरुमा अत्यधिक व्यक्तिहरुको शैक्षिक स्तर कमजोर देखिएको छ । सामीको तथ्यांक अनुसार ५ हजार ७११ जना व्यक्तिहरु एसएलसी भन्दा कम पढेका छन । यो जम्मा संख्याको ५९ दशमलब ५३ प्रतिशत हो । कक्षा १२ देखि माथि अध्ययन गरेका ३ हजार ८८३ जना रहेका छन । जसको प्रतिशत ४० दशमलब ४७ प्रतिशत हुन आउँछ ।

एक वर्षमा चारको मृत्यु
आर्थिक वर्ष २०७९/८० मा सिन्धुलीबाट वैदेशिक रोजगारीमा गएका ४ जनाले ज्यान गुमाए । कमलामाई नगरपालिका ३ का रविबाबु खत्री, तिनपाटन गाउँपालिका ५ का पुष्प बस्नेत, मरिण गाउँपालिका २ का सन्दिप मोक्तान र घ्याङ्लेख गाउँपालिका २ का डिग्रीमान वाईवाले ज्यान गुमाए । वैदेशिक रोजगारीमा ज्यान गुमाएका उनीहरुको सामीको सहजीकरणमा शव नेपाल ल्याईयो ।

यस्तै यो वर्ष ३ महिला सहित ६ जना वेपत्ता भए, ७ जना परिवारको सम्पर्कमा रहेनन । पारिवारिक सम्पर्कमा नरहेका मध्ये १ जना महिला छिन । यस्तै दुर्घटनामा १ जना अंगभंग भए भने एकजना जेलमा परे । जेलमा परेका कमलामाई १४ का ज्ञान बहाहुर सुनुवारको समस्या समाधान भयो । सामीमा आएका ठगीका ४ वटा मुद्दा छन । दलालका कारण ठगिएकाहरुको मुद्दा प्रक्रियामा छन । दुुई जनाको उद्धार गर्नुपर्ने छ ।

वैदेशिक रोजगारीमा गएकाहरुले नियमित रुपमा काम नपाउने समस्या पनि जिल्लाका युवाहरुले भोगेका छन । चालु आर्थिक वर्षमा यस्ता ४ वटा घटना भएका छन । जसको समस्या समाधान गर्न पहल भईरहेको विजयले बताए । उनले सामीमा २९ वटा बैदेशिक रोजगारीसँग सम्बन्धित मुद्दाहरु आएका छन । जसको समाधानका लागि सम्बन्धित निकायमा पहल हुने र समाधानको प्रयास गरिदै आएको छ ।

सिप सिकेर विदेश जाँदैनन
सामी परियोजना मार्फत सञ्चालनमा रहेको परामर्श केन्द्रमा वैदेशिक रोजगारीका बारेमा सूसुचित गरिन्छ । सिप प्रदानका लागि सिफारिस गरिन्छ र रोजगारीमा जानका लागि सिप सिक्न र सहि बाटोबाट विदेश जान अभिप्रेरित गरिन्छ तथापी धेरैलाई सिपका विषयमा चासो छैन । सामीले यो वर्ष परामर्शका लागि आएका ९ हजार ५९४ जनालाई परामर्श दिँदा सिपका लागि २ सय जनालाई सिपका लागि सिफारिस ग¥यो । जसमध्ये सिप लिने १६ जना मात्र भए । धेरैलाई सिपका बारेमा चासो नै छैन । एजेन्ट मार्फत वैदेशिक रोजगारीमा जानेले सावधानीका बारेमा र सिपका बारेमा वास्ता नगर्ने गरेको र समस्या परेपछि मात्र सामीसँग समन्वय गर्ने गरेको कार्यक्रम प्रमुख केआर विजयले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मोटरसाईकल खोलाले बगायो, चालक घाईते

Next Post

सिन्धुलीको एसईई नतिजा : दुईसय छयानब्बेले ल्याए ए प्लस

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied