सिन्धुली । वर्षाका कारण आएको बाढीले मंगलबार मोटरसाईकल बगाउँदा एक जना घाईते भएका छन भने मोटरसाईकल वेपत्ता भएको छ ।
तीनपाटन गाउँपालिका ११ मा रहेको भालुखोलाले खोला तर्ने क्रममा बगाउँदा चालक घाईते भएका हुन भने मोटरसाईकल भेटिएको छैन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मोटरसाईकल चालक तीनपाटन ११ स्याङ्तीका २० वर्षिय लोक बहादुर थापा घाईते भएका हुन । उनी सिन्धुलीतर्फ आउँदै गर्दा खोलाले बगाएको थियो ।
थापाले चलाएको प्रदेश ३–०२–०१०प६७१७ नम्बरको मोटरसाईकल सहित चालकलाई खोलाले बगाएको थियो । चालक थापा एकसय मिटर तल पुगि बाहिर निस्कन सफल भएका छन भने मोटरसाईकल वेपत्ता भएको छ ।
घाईते थापाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । उनको वायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




















