सिन्धुली l सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. १ का ५२ वर्षीय धनबहादुर आलेको कमला नदी पार गर्ने क्रममा बगाएर अड्काइरहेको अवस्थामा नेपाल रेडक्रस सोसाइटी भिमान उपशाखाको टोलीले सकुशल उद्दार गरेको छ ।
“नदी पार गर्ने क्रममा खोलाले बगाएर अड्काइराखेको खबर प्राप्त भएपछि प्रहरी सहितको हाम्रो टोलीले आलेलाई सकुशल उद्दार गर्न सफल भयो” नेपाल रेडक्रस सोसाइटी भीमान उपशाखाका सभापति यादव सुवेदीले बताए । सुवेदी खोज तथा उद्दार तालिम प्राप्त व्यक्ति समेत हुन् ।

सामान्य घाइते रहेका आलेलाई प्राथमिक उपचारपछि परिवारलाई जिम्मा लगाइएको पनि सुवेदीले बताए । आलेलाई जनकपुर जाने क्रममा कनपा–९ र १० मा पर्ने कमला नदीले बगाएको थियो । उनलाई नदीले करिव १० मिटर बगाएपछि अड्काएको अवस्थामा उद्दार गरेको सुवेदीको भनाई छ ।



















