सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले अबैध काठ बरामद गरेर पनि सम्बन्धित निकायलाई नबुझाएको आरोप लागेको छ ।
सोमवार मरिण क्षेत्रबाट अबैध रुपमा जिल्ला सदरुमुकाम तर्फ ल्याउँदै गरेको झण्डै २० क्युफिट काठ नियन्त्रणमा लिएपनि वन डिभिजन कार्यालय सिन्धुलीलाई उक्त काठ नबुझाई प्रहरीले आफ्नै कार्यालय परिसरमा राखेको हो ।
एक यात्रुबाहक बसमा लुकाई छिपाई ल्याइएको काठ प्रहरीले कमलामाई नगरपालिका ४ मिलनचोक नजीकबाट नियन्त्रणमा लिएको थियो । अबैध काठ ढुवानीमा प्रयोग गरिएको बस ३० हजार रुपैयाँ नगद लिई छाडेको आरोप समेत उनिमाथी लागेको छ ।
जिल्ला प्रहरी कार्यालय स्रोतले दिएको जानकारी अनुसार नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएको काठ सहितको बसलाई प्रहरी प्रमुख यादवले ३० हजार लिए र छाडेको वस व्यवसायीले वताएका छन ।
काठ भने जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हाताभित्र निर्माणाधिन भवनमा लुकाई राखिएको छ । काठ सहित नियन्त्रणमा लिइएको बस नियन्त्रण लगतै आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय सिन्धुलीमा पठाउनु पर्ने भएपनि प्रहरीले बससंग पैसा लिएको र काठपनि लुकाई छिपाई विक्री गर्ने या प्रहरी प्रमुखकै घरमा लैजाने तयारी गरेका कारण सार्वजनीक नगरेको हुन सक्ने काठ नियन्त्रणका बखत प्रतक्ष दर्शी बनेकाहरु बताउँछन् ।
गत भाद्र १ गतेदेखी साविक जिल्ला वन कार्यालय खारेज गरी सिन्धुलीमा दुई वटा डिभिजन कार्यालय बनाइएको छ । तर, डिभिजन कार्यालयको कामकाज बारे अख्तियारी नआएका कारण जिल्ला वन कार्यालयलाई काठ नबुझाएको प्रहरी प्रमुख यादवको दावी छ ।
तर, साउन २९ गते वन विभागले जिल्ला वन कार्यालय खारेज भई डिभिजन कार्यालय बनाईकोले अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला वन कार्यालयको नाममा लेटरप्याड, छाप तथा दस्तखत नगर्न भनि पत्र पठाएको थियो । त्यसको भोलीपल्ट साउन ३० गते नै वनसंग सम्बन्धित मुद्धाका हकमा भने वन डिभिजन कार्यालय सिन्धुलीको नाममा आवश्यक कारबाही गर्न अर्को पत्र पठाएको छ ।
यसलाई हेर्ने हो भनेपनि साविक जिल्ला वन कार्यालयले वनसंग सम्बन्धित मुद्धालाई डिभिजन कार्यालयको हैसियतले हेर्नु पर्ने हँदा उक्त नियन्त्रणमा लिएको काठ वन कार्यालयलाइ्र्र नै बुझाउन कुनै दुविधा नभएको प्रस्ट हुन्छ ।
उता काठ लिएर आएको बसलाई भने व्यक्तिको कमजोरीको कारण अबैध काठ ल्याएको देखिएकाले छाडेको तर, पैसा नलिएको एसपी यादवको भनाई छ । ‘पैसा लिएको भन्ने कुरा आरोप मात्र हो, एसपी यादवले भने, ‘काठ अबैध हो । तर, वन कार्यालयले माथीको आदेश अनुसार केहीगर्न नमिल्ने भनेपछि काठ नबुझाएका हौं । काठ भने हाम्र्रो नियन्त्रणमै छ यादवले भने ।’
एसपी यादवले काठ पनि ३÷४ क्युफिट भन्दाबढी नभएको दावी गरेका छन् । ‘काठ लिएर आउने संग कुनै विल भर्पाई तथा काठ ढुवानीको क्ुनै अनुमती थिएन । हामीले त्यसका आधारमा नियन्त्रणमा लिएका हौं । उसले भुकम्पको कार्ड भने देखाएको थियो,’ यादवले भने ।
यता बसलाइ्र्र भने कमलामाई नगरपालिका १ का वडाध्यक्ष महेश खतिवडाले धेरै अनुरोध गरेपछि छाडेको उनको स्विकार छ । वन ऐन अनुसार अबैध काठ चोरी निकासीमा प्रयोग गरिएका साधन समेत आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिनु पर्ने व्यवस्था छ । तर, यादवले वनलाई जानकारी नै नगराई बसलाई छाड्नुले पनि उनले पैसा लिएको हुन सक्ने प्रसस्त शंका उब्जाएको छ ।
यादव जिल्लामा आएदेखिकै अबैध कारोबारीसंगको मिलेमतोमा अबैध पैसा असुल्ने र गैरकानुनी काम गर्नेलाई उन्मुक्ती दिने गरेको आरोप लाग्दै आएको छ । यादवलाई जिल्लाका केही व्यवसायिहरुले नै पैसा संकलन गरेर बुझाउने गरेको स्रोतको दावी छ ।
यो समाचार तयार पर्दासम्म यादवले नियन्त्रणमा लिएको काठ साविक जिल्ला वन कार्यालयमा नबुझाएको बुझिएको छ । नियन्त्रणमा लिएको झण्डै २४ घण्टाहुँदा सम्म वनलाई नबुझाउनुले पनि यादवको नियत माथी प्रश्न खडा गरेको जानकारहरु बताउ्रँछन् ।
यादवले पैसा दिने गाडीवाललाइ्र्र आफुसंग भेटाई दिन आग्रह समेत गरे । उनले पैसा दिएको प्र्रमाणीत भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए ।
‘तर, अबैध काठ ल्याउने व्यक्तिको समेत पहिचान नगरी छाडीएको छ । काठ नियन्त्रणमा लिएर राख्नेले अनुशन्धानका लागि पनि काठ ओसार पसार गर्नेलाइ खोज्नु पर्ने हुन्थयो होलानी’ एक जिल्ला वासिले प्रश्न गरे ।
प्रहरीले काठ नियन्त्रणमा लिएको विषयमा भर्ने कुनै पनि जानकारी नभएको वन डिभिजन कार्यालय सिन्धुलीमाढीले जनाएको छ । एक अधिकारीले प्रहरीले कुनैपनि काठ वन डिभिजन कार्यालयमा वुझाएको वताए ।



















