सिन्धुली । कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले सहकारीहरु मर्च गरी बैकिङ्ग सेवा जसरी संचालन गर्न सके सहरकारीहरुको उद्देश्य पुरा हुने बताएकी छिन । उनले जय बुद्ध बहुउद्देश्यीय सहकारी संस्थाको छैटौँ साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन ।
जिल्लामा रहेका उत्कृष्ण सहकारीहरु विच मर्च गरेर बैकिङ्ग कारोवार गर्नु पर्ने देवकोटाले धारणा राखिन । उनले जिल्लामा संचालनमा रहेका केही लद्यु वित्तहरुले नगपालिकाको वडा वडा, टोल टोलमा पुगेर महिलाहरुको समहु बनाए चर्को व्याजमा जमानिमा पैसा दिदाँ धेरै महिलाहरु अहिले घरवहार विहिन हुने अवस्थामा पुगेको बताउदै उनले यसलाई रोक्नको लागी सहकारीहरुले प्रभावकारी ढंगबाट कृषि तथा अन्य आयआर्जनका क्षेत्रमा काम गर्नु पर्ने धारणा व्यक्त गरिन ।
जानी नजानी अहिले वस्ती वस्तीका महिलाहरु ऋणमा डुवेको बताउदै उनले यस्ता वित्तिय संस्थाहरुलाई विस्तापित गर्नु सहकारीहरुलाई पहिलो चुनौति भएको बताईन । लद्यु वित्तहरुले समुह बनाउने अनि समुह जमानीमा चर्को व्याजदरमा ऋण लगानी गर्दा व्याज तिर्न नसकेर घरवहार नै गमाएको उनले बताईन । यस्ता वित्तिय संस्थाहरुको ऋण तिर्नको लागी धेरै पुरुष दाजुभाई विदेशिन बाध्य बनेको बताउदै देवकोटाले यस्ता ऋणलाई रोकी सहकारीहरुकाले लगानी गर्ने हो भने सहकारी र समुह दुवैलाई फाईदा हुने बताईन ।
कमलामाई नगरपालिका भित्र मात्रै झण्डै चार सयको हाराहारीमा सहकारी संस्थाहरु दर्ता भएको भएपनि केति पय सहकारीहरु अहिले पनि झोलामा नै रहेकाले यस्ता सहकारीहरुको नियमन गर्नु आवश्यक भएको बताईन । ठुलो संख्यामा सहकारीहरु दर्ता भएको भएपनि हाल सम्म नगरक्षेत्रमा सक्रिय रुपमा थोरै मात्र सहकारीहरुले काम गरेको देवकाटोले बताईन ।
जयबुद्ध बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष द्वारिका काफ्लेको अध्यक्षता तथा कमालमाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको साधारणसभालाई जिल्ला सहकारी संघका सचिव खडान्द तिमल्सिना, कमलामाई नगरपालिकाकी सहकारी विभाग प्रमुख ईन्दिरा थापा लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष काफ्लेले संस्थाको हाल सम्मको अवस्था र भावि रणनीतिको बारेमा खाका प्रस्तुत गरेका थिए भने सचिव भिम बहादुर श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सचिव श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीले गत आवमा २११ जना सदस्यहरु रहेकोमा यस आर्थीक बर्षको अन्त्य सम्ममा ३७५जना पु¥याउने लक्ष्य राखिएको छ । यसैगरी संस्थाको शेयर पुजीलाई बृद्धि गरी ८ लाख ४ हजार ७ सय बाट ३० लाख पु¥याउने लक्ष्य राखिएको छ । गत आवको अन्त्य सम्ममा सहकारीले २२ लाख ९८ हजार २८५ रुपैया ऋण लागनी गरेकोमा यसलाई बृद्धि गरी यस आर्थीक बर्षको अन्त्यसम्ममा ७० लाख पु¥याउने लक्ष्य राखिएको छ । छैटौँ साधारसभा सम्म आई पुग्दा संस्थाको जम्मा पूजी २७ लाख, ६८हजार ८९२ रुपैया ९२ पैसा पुगेको छ ।






















