सिन्धुली ।जिल्लाको मरिण गाउँपालिका कार्यालयले आफ्नै ऐन विपरित शिक्षकहरुको मनोपरी ढंगले सरुवा गरेको भन्दै शिक्षक संगठनले आपत्ती प्रकट गरेको छ ।
यही पुस १७ गतेका दिन मरिण गाउँपालिकाले स्वीकृत गरेको शिक्षा ऐन नियमावली र कार्यविधि निर्माण गरी उक्त ऐन नियमावली र कार्यविधिको धज्जी उढाउदै मनोमानि ढंगले शिक्षकहरुको सरुवा गरेको भन्दै उक्त निर्णय तत्कालि फिर्ता लिन नेपाल राष्ट्रिय शिक्षक संगठनले माग गरेको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन मरिणका अध्यक्ष चन्द्रबहादुर गर्मछान र प्रदेश ईन्चार्ज (२ ख ) देवीबहादुर बुढाथोकिद्धारा जारी विज्ञप्तीमा स्थानीय ऐनकको शिक्षक सुरुवा सम्वन्धि व्यवस्था नियमावली ५७ को उपधारा २ शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको सुरुमा गरिने उल्लेख गरिएको छ । उपधारा ३ मा एक पटक सुरुवा भएका शिक्षकलाई त्यस विद्यालयमा कम्तिमा पनि २ बर्ष सेवा पुरा नगरी सरुवा गरिने छैन,तर कुनै पनि विद्यालयमा कार्यरत शिक्षक असक्त भई सो स्थानमा निजको उपचार हुन नसक्ने चिकित्सकले सिफारिस गरेमा निजलाई जुनसुकै बखत पनि सरुवा गर्न सकिने उल्लेख भएको भएपनि पालिकाले अहिले मनोपरी ढंगले संगठनमा आस्था राख्ने शिक्षकहरुलाई शक्ति र सरकारको आडमा सरुवा गरेको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन संगठनले माग गरेको छ ।





















