सिन्धुली । नेकपा एमाले सिन्धुली क्षेत्र नम्वर २÷१ का उमेदवार विनोद खड्काले आफ्नो निर्वाचन क्षेत्रमा आफु निर्वाचित भए पछि अर्को निर्वाचन सम्ममा सवै वस्तीमा खानेपानी र सिचाईको व्यवस्थापन गर्ने बताएका छन ।
चुनावी अभियानका क्रममा कमलामाई नगरपालिका १ का स्थानीयले उमेदवार खड्कासँग खानेपानी र सिचाईको दिर्घकालिन समाधान गर्न माग गरेपछि उनीहरुको मागलाई सम्बोधन गर्दै उमेदवार खड्काले कमलामाई नगरपालिकाको १ नम्वर वडामा खानेपानी र सिचाईको समस्या समान गर्न आफु प्रतिवद्धता रहेको बताए ।
मरिणबासीको सिचाईको समस्या समाधान गर्नकाको लागी तत्कालिन नेकपा एमालेको सरकारले सुरु गरेको सुनकोशि मरिण डाईभर्सनको काम तिब्र गतिमा भएकाले यसले मरिण क्षेत्रको जनताको सिचाईको सुविधा र जीवन स्तरमा नै महत्व पूर्ण योगदान गर्ने बताए । मरिणका जनताको समस्या समाधान गर्नको लागी आफुले पहिलो चरणमा सडकलाई प्राथमित्ता दिएको बताउदै उनले यस क्षेत्रको विकासको लागी डाढीबाट पुल निर्माण गरेको र केही बाटो पिच समेत बनि सकेको छ, बाँकी रहेको क्षेत्रमा सडक निर्माण गर्न र खानेपानी र सिचाईको अधुरा योजनाहरु पुरा गर्नको लागी नै आफु पून उमेदवार बनेको बताए । उनले मरिणका जनताको समस्या समाधानको लागी आफु सधै प्रतिवद्ध रहेको बताए । उनले यसको लागी मंसिर ४ गते मतदान गरी आफुलाई विजयी गराई सेवा गर्ने अवसर दिन पनि उनले डाढीका जनताका समक्ष अनुरोध गरे ।





















