सिन्धुली । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि सिन्धुलीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा एघार जनाको उमेदवारी परेको छ ।
नेकपा एमालेबाट मनोजजंग थापा, नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल (राजन), नेपाल मजदुर किसान पार्टीबाट रामेश्वरी कोजु, मंगोल नेश्नल अर्गनाईजेशनबाट शान्तविर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अनोज कुमार दाहाल, राप्रपाबाट भिष्मराज श्रेष्ठ, तामाङसालिङ लोकतान्त्रिक पार्टीबाट डिल्ली कुमार गोले, जसपाबाट मानध्वज भ्लोन र जनसमाजवादी पार्टी नेपालबाट योग्य बहादुर मुडुला कार्कीको उमेदवारी दर्ता भएको छ । यस्तै नेकपा (एस) का नेता गोपाल बहादुर थापाले स्वतन्त्र उमेदवारी दिएका छन भने भुपेन्द्र विश्वकर्माले पनि स्वतन्त्र उमेदवारी दिएका छन ।
प्रदेशसभातर्फ तेह्र उमेदवार
सिन्धुलीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ (क) र २(ख) मा १३ जनाको उमेदवारी परेको छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २(क) मा ६ जना र निर्वाचन क्षेत्र २ (ख) मा ७ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयले उमेदवारी दर्ताको नामावली प्रकाशन गर्दै यस्तो जनाएको हो । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. २(क) मा नेकपा एमालेका विनोदकुमार खड्का, नेपाली कांग्रेसका छेत्र बहादुर बम्जन, राप्रपाका राजेश विक्रम बस्नेत क्षत्री, नेपाल मजुदर किसान पार्टीका संगिता दुवाल, मंगोल नेश्नल अर्गनाईजेशन पार्टीका योजन कुमार बल र स्वतन्त्रबाट दिपक कुमार पोखरेलको उमेदवारी परेको छ । स्वतन्त्र उमेदवारी दिएका पोखरेलले गठबन्धनका उमेदवार छेत्र बहादुर बम्जनको विरुद्धमा उमेदवारी दिएका हुन ।
यस्तै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. २(ख) मा नेकपा एमालेका तर्फबाट रामकुमार पौडेलले उमेदवारी दिएका छन । गठबन्धनका तर्फबाट बाबुराम भट्टराई निकट नेता गंगा नारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचनमा जाने गरि उमेदवारी दर्ता गराएका छन ।
यस्तै उक्त निर्वाचन क्षेत्रबाट राप्रपाबाट टलक बहादुर कार्की, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मण ग्वाछा, मंगोल नेश्नल अर्गनाईजेशनबाट तुलसी राई, जनसमाजवादी पार्टीबाट हेमन्त पुलामी र स्वतन्त्रबाट सरोज कुमार मैनालीको उमेदवारी परेको छ ।





















