सिन्धुली । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा १३ जनाको उमेदवारी परेको छ । आइतबार भएको मनोनयन दर्तामा ४ स्वतन्त्र सहित १३ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ ।
उमेदवारी दर्ता गराउनेमा नेकपा एमालेका तर्फबाट प्रदीप कुमार कटुवाल क्षत्री, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका श्याम प्रसाद घिमिरेले उमेदवारी दर्ता गराए । स्वतन्त्रमा दुधौली ९ का रामप्रसाद अधिकारी, कनपा ९ का कृष्णहरि पौडेल, गोलञ्जोर ५ का डम्बरबहादुर वि.क र कनपा १४ का रामहरि बुढाथोकीको उमेदवारी परेको छ ।
यस्तै नेपाल मजुदर किसान पार्टीबाट चित्रलाल श्रेष्ठ, मंगोल नेश्नल अर्गनाईजेशनका धनकुमार राई, एकीकृत शक्ति नेपालबाट फडिन्द्र बहादुर श्रेष्ठ, राप्रपाबाट मेनुका ठकुरी, राप्रपाबाट शालिग्राम माझी, जसपाबाट सोमनाथ अधिकारी र नेकपा पुष्पलालबाट हिरण्यलाल श्रेष्ठको उमेदवारी परेको छ ।
यस्तै बाग्मति प्रदेशसभातर्फ निर्वाचन क्षेत्र १ (क) मा एक स्वतन्त्रसहित ६ जनाको उमेदवारी परेको छ । नेकपा एमालेका सुवासराज देवकोटा, नेकपा माओवादी केन्द्रका मातृका प्रसाद भट्टराई, नेकपा (एस) का टेकेन्द्र बहादुर सुवेदी, राप्रपाका रामनारायण अधिकारी, नेपाल मजदुर किसान पार्टीका कृष्ण कुमार मचाममी र स्वतन्त्रबाट अन्यु अधिकारीले उमेदवारी दिएका छन ।
यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. १ (ख) बाट ७ जनाको उमेदवारी परेको छ । नेकपा एमालेबाट कुमार बहादुर कार्की, नेपाली कांग्रेसबाट रामकुमार पहाडी, नेकपा (एस) बाट चित्रबहादुर लुंगेली, नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, राप्रपाबाट राजेश मगर, नेकपा माक्र्सवादी (पुष्पलाल) बाट झंकनाथ दाहाल, मंगोल नेश्नल अर्गनाईजेशनका छत्र बहादुर माझीको उमेदवारी परेको छ ।





















