सिन्धुली । गठबन्धन विरुद्ध वागी उमेदवारी हालेका जिल्लाका उमेदवारहरुले उमेदवारी फिर्ता लिएका छन । यसरी उमेदवारी फिर्ता लिनेमा नेकपा (एस) का तीनजना उमेदवार रहेका छन भने नेपाली कांग्रेसका असन्तुष्ट पक्षका उमेदवारहरुले पनि उमेदवारी फिर्ता लिएका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको सूचनामा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यतर्फ उमेदवारी दिएका नेकपा (एस) का उमेदवार रामप्रसाद अधिकारीले उमेदवारी फिर्ता लिएका छन भने प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ (क) बाट नेकपा (एस) का उमेदवार डेकेन्द्र प्रसाद सुवेदी र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १(ख) बाट नेकपा एसकै चित्रबहादुर लुंगेलीले उमेदवारी फिर्ता लिएका हुन ।
यसैगरि प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उमेदवार मानध्वज भ्लोन र गोपाल बहादुर थापाले उमेदवारी फिर्ता लिएका छन ।
भोलन जसपाका नेता हुन । उनले नेकपा एमालेका उमेदवार मनोजजंग थापालाई समर्थन गर्दै उमेदवारी फिर्ता गराएका हुन । थापा नेकपा (एस) निकट हुन ।
यस्तै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. २(क) बाट स्वतन्त्र उमेदवारी दिएका दिपक कुमार पोखरेलले उमेदवारी फिर्ता लिएका छन । उनी नेपाली कांग्रेसका नेता हुन ।




















