सिन्धुली । नेकपा एमालेको जनवर्गिय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला कमिटी सिन्धुलीको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित भएका छन ।
शनिबार सिन्धुलीमाढीमा सम्पन्न दोस्रो जिल्ला अधिवेसनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन ।
श्रेष्ठको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा राम बहादुर थिङ, सचिवमा उषा स्याङतान, सहसचिवमा दुर्गा श्रेष्ठ र कोषाध्यक्षमा सरिता राई निर्वाचित भएका हुन ।
महासंघ सिन्धुलीका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष गोकुल घर्तिको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।






















