सिन्धुली । नेकपा (माओवादी केन्द्र) परित्याग गरि केन्द्रीय सदस्य सहित करीब साढे चारसय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।
केन्द्रकी केन्द्रीय सदस्य मिथिला फुयाँल, जिल्ला संयोजक तथा भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेल, जिल्ला सदस्य युवराज श्रेष्ठ, मरिण गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकी सहित ४ सय ४८ जना नेकपा एमालेमा समाहित भएका छन ।
नेकपाको निरन्तरता स्वरुप उनीहरु एमालेमा प्रवेश गरेका हुन । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले एमालेमा समाहित हुन आएका माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई बुधबार मरिणमा स्वागत गरेका छन ।
बुधबार नेकपा एमाले सिन्धुलीको आयोजनामा मरिणको सहानमा गरिएको जनसभामा पोखरेलले उनीहरुलाई स्वागत गरेका थिए ।
एमालेमा समाहित हुन आउने नेता कार्यकर्तालाई उचित स्थान दिएर सम्मान गरिने प्रतिवद्धता समेत पोखरेलले व्यक्त गरेका छन ।






















