सिन्धुली । मरिण गाउँपालिकामा बुधबार नेकपा (एमाले) आयोजना गरेको नेकपाको निरन्तरताको मूल प्रवाहमा एमालेलाई सुदृढ बनाउने अभियान अन्तर्गत विशाल जनसभालाई सम्बोधन गर्दै मिथिला फुयाँलले माओवादी विस्तारवादीहरूको चङ्गुलमा फसेको बताईन ।
एमाओवादीकी केन्द्रीय सदस्य फुयाँलले आफूले पार्टी परित्याग गरि नेकपाको निरन्तरता अन्तर्गत एमालेमा लामबद्ध भएको बताईन । गठबन्धन सरकारमा सामेल भएपछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्धाहरु छोड्दै गएकाले माओवादी विघटनको सँघारमा पुगेको बताईन । नेकपाको विभाजन गर्दै एमाओवादीले क्रमशः राष्ट्रियता र जनतन्त्रका मुद्धाहरु छोड्दै गएको सत्ताका लागि जस्तो सुकै हरकत गर्न पछि नपरेपछि पार्टी नेतृत्व विस्तारवादीहरूको चङ्गुलमा फसेको दावि गरिन ।
नेपाली कम्युनिष्टको केन्द्रका रूपमा रहेको तत्कालीन नेकपाको निरन्तरता एमालेमा मात्रै रहेको बताउँदै एमसिसी र नागरिकता विधेयकसम्म आइपुग्दा माओवादी कम्युनिष्ट पार्टीसमेत नरहेको दावि गरिन ।
अब नेपालमा कम्युनिष्ट केन्द्र बनाउन एमाले र केपी ओलीको नेतृत्वबाट मात्रै सम्भव रहेको बिभिन्न तथ्यहरूले पुष्टि गरेको बताउँदै नेतृ फुयाँलले माओवादी केन्द्रबाट विद्रोह गरेर नेकपाको निरन्तरताको रूपमा नेकपा एमालेमा समाहित हुन सबैमा अपिल गरिन ।





















