• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नगरपलिकाले वेवास्ता गरेपछि स्थानीयले गरे सडक मर्मत

बिमला पाण्डे by बिमला पाण्डे
साउन ३, २०७९
in Featured, Life, News, Province 3
0

Share via:

126 Shares
  • Facebook 126
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकालाई भत्किएको र खाल्डाखुल्डी भएको सडक मर्मत गरिदिन पटक पटक आग्रह गरे पनि स्थानीयको आवाज नसुनेपछि सडक बनाउन आफै जुटेका छन स्थानीयहरु । कमलामाई नगरपालिकाको केन्द्र भएको वडा कनपा ६ को पानीट्यांकीका स्थानीयहरु नगरपालिकाले वेवास्ता गरेपछि बाटो बनाउन जुटेका हुन ।

फोटो : प्रेम दाहाल

कमलामाई ६ बर्देउटार मार्गको उकालोमा ढलान भत्किएर खाल्डाखुल्डी भई मानिसहरु लड्न थालेपछि सो सडक मर्मत गरिदिन स्थानीयले पटक पटक नगर प्रमुखलाई आग्रह गरेका थिए । तर नगरको आव २०७९÷०८० को वार्षिक योजनामा उक्त योजना समेटिएन । बाटो मर्मतमा रकम नै विनियोजन नभएपछि स्थानीयबासी मिलेर खाल्डाखुल्डी भएको सडक मर्मत गरेका छन ।

चुनावका बेला नगर प्रमुख उपेन्द्र पोखरेलले बाटो बनाईदिने बचन दिएका थिए तर सो प्रतिवद्धता पुरा नगरेपछि स्थानीय मंगलबार विहानै भेला भए, हातमा निर्माण सामग्री बोकेर ढलान फुटेर खाल्डा खुल्डी भएको सडक मर्मतमा जुटे ।

नगरपालिकाले वेवास्ता गरेपछि हातमा बेल्चा बोकेर निस्केका बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङ र शिक्षक रामवहादुर खड्का गैंटी र वेल्चा लिएर बिग्रेको सडकमा उभिएर स्थानीय वासिन्दालाई बोलाए । त्यस लगत्तै गौमती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिलवहादुर केसी, कमलामावि सिलामेका प्रधानाध्यापक विष्णु फुयाँल कर्नी र साबेल बोकेर निस्किए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नजिकै रहेका टोलविकास संस्थाका अध्यक्ष रामेश्वर कार्की, ध्यानवहादुर घलान, शिक्षक लोकवहादुर कार्की सडकमा निस्किएर सबैलाई खबर गरे । क्षणभरमैं पचास साठी जना स्थानीयहरु भेला भए । भर्खरै मात्रै कार्यपालिका सदस्यमा निर्वाचित भएका राजन भुजेलले २ बोरा सिमेन्ट ल्याए । गाडी लिएर चलाएर बजार निस्केका व्यवसायी टंक कार्कीले २ बोरा सिमेन्ट ल्याएर काममा खटिए । बर्देउटारका ट्याक्टर व्यवसायी डण्डवहादुर थापाले एक ट्याक्टर गिटी र वालुवा लिएर आए ।

मर्निङवाकमा निस्किएका निलकमल इन्टरप्राइजेज र जय जय हार्डवेयरका प्रोपाइटरले २–२ बोरा सिमेन्ट उपलव्ध गराए । क्षणभरमैं सबै निर्माण सामग्री जम्मा भयो र स्थानीय दिपा भण्डारीले पानी उपलब्ध गराएपछि एउटा टोली गिट्टी बालुवा र सिमेण्ट मोल्न थाले भने अन्यले ढुंगा सोलिङ गर्न थाले । बजारबाट फर्कंदै गरेका २०७९को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट मेयरका प्रत्यासी बनेका महेन्द्रदेव श्रेष्ठ पनि काम गर्न कस्सिए ।

भत्किएको सडक गाउँलेहरु आफैंले बनाउँदैछन् भन्ने सूचना पाएका वडाध्यक्ष उज्वलकुमार थापाले त्यसले मात्रै हुँदैन बाटो पनि ठूलो बनाउनु पर्छ भनेर नगरपालिकाका जेसिभि चालकलाई फोन गरेर पठाए । जेसिभि आएर बायाँ तर्फको सडक किनारमा भएको माटोहरु हटाउन थाल्यो । सिद्धेश्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका महेन्द्रदेव श्रेष्ठले सडकमा रहेको खानेपानीको पाइप हटाउन लगाएर सडक चौडा बनाउन सहयोग गरे । स्थानीय वासिन्दा जुटेर करिव २ घण्टाकै समयमा सकै काम सम्पन्न भयो ।

पटक पटक मोटरसाईकल, स्कुटर दुर्घटनामा परेको दृश्यले आक्रान्त भएका स्थानीयहरुले यति छिटो काम सम्पन्न हुन्छ भन्ने सोचेकै थिएनन । स्थानीय वासिन्दा सुनिल अधिकारीले निकै लामो समयसम्म स्थानीय सरकारले बाटो बनाइदिन्छ कि भनेर मुख ताकेर बसेको तर नगरपालिकाको प्राथमिकतामा नपरेपछि मर्मतमा जुटेको बताए ।

दुर्घटना भएको टुलुटुलु हेरेर बस्न नसकेपछि गाउँलेहरु मिलेर सडक मर्मत गरेको स्थानीय भिटु सुनुवारले बताए । ‘आफ्नो गाउँको समस्या हामी आफैं समाधान गर्न सक्छौं भन्ने उदाहरण बनेको स्थानीय एवम् गौमती क्याम्पसका प्रमुख दिलवहादुर केसीले बताए ।

करीव १५० मिटर जति लामो सडक मर्मत गर्न नगरपालिकाले वेवास्ता गरेको हो । उक्त सडक करीब आठ मिटर चौडा बनाईएको छ । स्थानीयकै सहयोगमा स्थानीयकै सक्रियतामा सडक मर्मत भएको हो । करीव पचास साठी जना स्थानीयले मर्मतको काममा सहयोग गरेका स्थानीय प्रेम दाहालले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दण्डहिनताको अन्त्य र मानवअधिकार संरक्षणका लागि रोम विधान अनुमोदन गर्न माग

Next Post

कार्यपालिकाको निर्णय मेयरले हटाउन लगाएपछि…

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied