सिन्धुली । सामुदायिक विद्यालयका शिक्षकहरुका लागि सडक सुरक्षा सचेतना सम्वन्धि तालिम आइतबार कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवासमा सम्पन्न भएको छ । वर्दिवास सिन्धुली धुलीखेल सडक अन्तरगत रहेका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि सडक सुरक्षा सम्वन्धी एक दिने तालिम दिईएको हो ।
जाइकाको सहयोगमा सञ्चालन गरिएको तालिममा जाईका विज्ञ समुहका सल्लाहकार एच सिङकाई, विन्दु समसेर राणा र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले सडक सुरक्षा तथा यसबाट जोगिन अपनाईने उपाय बारेमा धारणा राखेका थिए ।
तालिममा २५ विद्यालयका शिक्षकको सहभागिता रहेको सो तालिममा सडक सुरक्षा सम्वन्धी सचेतना कसरी सवै विद्यालयमा पुग्न सक्छ भन्ने सन्दर्भमा सडक सुरक्षा विज्ञ सरोज खनाल र निरज धौवडेलले सहजीकरण गरेका थिए ।
जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको वर्दिवास सिन्धुली धुलिखेल सडक १ यस ६० किलोमिटर रहेको छ । यस सडक आसपासका क्षेत्रका विद्यालयमा अध्ययनरत छात्र, छात्रालाई सडकमा कसरी सुरक्षित रुपमा विद्यालयमा आउ जाउ गराउन सकिन्छ र विद्यालय वस , शिक्षक तथा विद्यार्थिले प्रयोग गर्ने मोटससाईकल, साईकल तथा अन्य सवारी साधनलाई सुरक्षित रुपमा सञ्चालन गर्ने उपाय वारेमा समेत छलफल गरिएको थियो ।
सिन्धुलीका ट्राफिक संई जेजङ कार्कीले ट्राफिक चिन्हको प्रयोग त्यसले गर्ने संकेत तथा सडक दुर्घटनावाट वच्ने उपाएका वारेमा जानकारी गराएका थिए ।





















