• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सामाजिक दवाव र मिडिया प्रभाव : मुद्दाका विपक्षीले नै जग्गा बेचेर दिने भए लक्ष्मीलाई राहत

बिमला पाण्डे by बिमला पाण्डे
पुस ७, २०७८
in Featured, Life, News, Province 3, Society
0

Share via:

151 Shares
  • Facebook 151
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै सिन्धुली जिल्ला अदालतले घरमा भएका सामान निकाली बसीरहेको घरमा ताल्चा लगाईदिएपछि सडकमा पुगेकी कनपा ७ बर्देउटारकी ६३ वर्षिय लक्ष्मी गुरुङले केहि राहत पाउने भएकी छिन । अदालतको फैसला बमोजिम महेश भुषाल (उनकी श्रीमति मनमाया), कनपा ६ पानीट्यांकीकी धनकुमारी प्रधान, कनपा ७ बर्देउटारकी चुडा कुमारी गौतमको नाममा पास भएको जग्गा बेचेर ऋण चुक्ता गरी बाँकी रहेको १२ लाख रकम लक्ष्मीलाई बास निर्माणका लागि दिईने भएको हो ।

कानुन भन्दा मानवीयता र सामाजिक न्याय ठूलो भन्दै स्थानीयबासी, नागरिक समाज तथा मिडियाको दवाव परेपछि विपक्षीहरुले लक्ष्मीलाई जग्गा बेचेर आएको पैसाबाट आफुहरुले लिनुपर्ने रकम लिई बाँकी रकम लक्ष्मीलाई वासको व्यवस्थापन गर्नका लागि दिन सहमत भएका हुन । मंगलबार सिन्धुलीमाढीमा जनप्रतिनिधि, पत्रकार, नागरिक समाजका अगुवाहरु, महिला अधिकारकर्मीहरु, स्थानीयहरुको रोहबरमा विपक्षीहरु कनपा ६ धुरा बजार बस्ने महेश भुषाल (उनकी श्रीमति मनमाया), कनपा ६ पानीट्यांकीकी धनकुमारी प्रधान, कनपा ७ बर्देउटारकी चुडा कुमारी गौतम र मुद्दा कार्यान्वयन गर्ने क्रममा घरबाट निकालिएकी लक्ष्मी गुरुङका बीच छलफल गरिएको थियो ।

मंगलबार नै अदालतको फैसला बमोजिम विपक्षीका नाममा गएको जग्गा विक्री भएको छ । ५५ लाखमा उक्त जग्गा विक्री भईसकेको र एक महिनाभित्र सबै पैसा फस्र्यौट गरि बाँकी पैसा लक्ष्मीलाई वासको व्यवस्था गर्न दिईने भएको हो । २१ धुर जग्गा र काठको घर कनपा ६ पानीट्यांकी बस्ने धनराज गुरुङले किनेका छन । विपक्षी ३ जनालाई हालसम्मको व्याज सहित ४३ लाख रकम दिई बाँकी १२ लाख रुपैंया लक्ष्मीलाई उपलब्ध गराउने सहमति भएको छ ।

पटक पटक गरेर ३ जनाबाट लक्ष्मीले ११ लाख ४० हजार ऋण लिएकी थिईन । ऋण लिए पछि सो रकम तिर्न नसकेको भन्दै विपक्षीले २२ लाखमा लक्ष्मीको घरजग्गा दृष्टिबन्धक पास गरि अदालतमा मुद्दा पेश गरेका थिए । विपक्षीले २०७३ सालमा मुद्दा जितेका थिए । अदालतबाट मुद्दा जित्ने बेलामा लक्ष्मीको २ कित्ता गरि २१ धुर जग्गा र काठको घरको ३५ लाख मुल्यांकन गरिएको थियो । सो रकमको साँवा व्याज तथा अदालती प्रक्रिया र जग्गाको दाखा गर्दा तिर्नु पर्ने लाभकर सहितको रकम र वैंक व्याज समेत हिसाव गरी ऋणको साँवा व्याज लिएर बाँकी रकम गुरुङलाई दिन विपक्षीहरु तयार भएका हुन ।

अदालतले फैसला गरे बमोजिम लक्ष्मीको जग्गा २०७३ सालमा मनमाया, धनकुमारी र चुडाकुमारीको नाममा पास भएको थियो । उनीहरुले लक्ष्मीले घर नछोडेपछि भोग चलनका लागि अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले शुक्रबार घर खाली गरि लक्ष्मीका सबै सामान उठाएर अदालतमा ल्याएको थियो । यस्तै आईतबार लक्ष्मीले पालेका कुखुरा समेत अदालतले लिलाम गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

घरबाट निकालिएपछि लक्ष्मी सडकमा आएकी थिईन । शुक्रबार राती अदालतको गेट अगाडीको चौताराबाट लक्ष्मीलाई मानवअधिकारकर्मी र पत्रकारले उद्धार गरि सेफ हाउसमा राखेका थिए । आइतबार साँझ उनी आफैंले अदालतले लगाएको ताल्चा तोडी खाली घरमा बसेकी थिईन । लक्ष्मीले अव पाउने १२ लाखबाट जिविकोपार्जन गर्ने छिन् ।

आफुहरु पनि समाजको अंग भएका कारण समाजले भनेको मानेर कानुनी रुपमा आफुहरु माथि भए पनि सामाजिक निर्णयलाई मान्न तयार भएको विपक्षी मध्येका महेश भुसालले बताए । ‘हाम्रो रकम पाउने गरी उहाँलाई पनि जीविका चलाउन पाउने अवस्था सृजना गर्नु पर्ने समाजको कुरालाई हामीले आत्मसाथ ग¥यौं’, भुसालले भने ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हात्तिको आक्रमणबाट १८ घरमा क्षती

Next Post

लैंगिक हिंसा विरुद्धको अभियानको नेतृत्व राजनीतिक पार्टीले गर्नुपर्छ : डा. पाण्डे

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied