सिन्धुली । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । संगठनबाट अनुशासनको कारवाहिमा परेका सदस्यहरुलाई हटाउँदै केन्द्रीय कमिटीलाई पुनर्गठन गरिएको हो ।
पुनर्गठित कमिटीको अध्यक्ष गणेश बस्नेत नै रहेका छन । बस्नेतको अध्यक्षतामा २ सय ४९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको हो ।
उक्त कमिटीमा सिन्धुलीबाट अनुशासन आयोगको अध्यक्षमा द्वारिका काफ्ले, केन्द्रीय कमिटीको सचिवमा देविका घर्ति मगर, सदस्यमा प्रेम दाहाल र उज्जल पहाडी चयन भएका छन ।
घर्ति, दाहाल र पहाडी यस अघि नै केन्द्रीय कमिटीमा थिए भने काफ्लेलाई अनुशासन आयोगको अध्यक्ष चयन गरिएको हो ।
यस अनलाईनका प्रकाशक तथा प्रभात समाचार दैनिकका प्रकाशन/प्रधान सम्पादक समेत रहेका काफ्ले प्रेस चौतारी नेपालको २ कार्यकाल केन्द्रीय सदस्य भइसकेका हुन । काफ्लेले चौतारीको दुई कार्यकाल नै जनकपुर अञ्चल इन्चार्ज भई जिम्मेवारी समालि सकेका व्यक्ति हुन ।
पुनर्गठित केन्द्रीय कमिटीमा २७ जना पदाधिकारी कायम रहेका छन् । उक्त कमिटीमा वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महिला उपाध्यक्ष टीका विष्ट, उपाध्यक्षहरू गणेश पाण्डे, लालबाबु शेख, लीलाराज भट्टराई, सविन प्रियासन चौधरी र वीरबहादुर गिरी छन् ।
यस्तै महासचिवमा राजेश राई र उपमहासचिवमा हिरामान लामा चयन भएका छन् । सचिवमा शुरोजंग पाण्डे, रामकृष्ण शर्मा, भरत केसी र कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।





















