सिन्धुली । नेकपा एमालले तीनपाटन गाउँ कमिटीले संगठन विस्तारलाई तिव्रता दिएको छ । यहि क्रममा तिनपाटन ९ को रिठ्ठेमा शनिवार टोल भेला सम्पन्न गरिएको छ ।
नेकपा एमाले वाग्मति प्रदेश कमिटीका सदस्य हेम बहादुर लामा, एमाले वाग्मति प्रदेश सदस्य राम प्रसाद गौतमको उपस्थितिमा टोल भेला सम्पन्न गरिएको हो ।
भेलाले टेक बहादुर थापाको अध्यक्षतामा १५ सदस्य नेकपा एमाले रिठ्ठे टोल कमिटी गठन गरेको छ भने राजन कार्कीको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय युवा संघ रिठ्ठे टोल कमिटी गठन गरेको छ ।
कार्यक्रममा बोल्दै लामाले देशको विकास नेकपा एमालेबाट मात्र सम्भव रहेको बताए । उनले चुनावबाट एमालेले बहुमत ल्याएर सरकार सञ्चालन गर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्य धर्मानन्द घिमिरे, रेखराज अधिकारी, नेकपा एमाले तीनपाटन गाउँ कमिटि सचिव पदममाया तामाङ , वडा नम्बर ९ का वडा कमिटी अध्यक्ष कुलमणी पोखरेल, राष्ट्रिय युवा संघका टेक लामिछाने, नेकपा एमाले तीनपाटन गाउँ कमिटीका सदस्यहरु, वडा कमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो ।





















