सिन्धुली । ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा सिन्धुलीको जुनार चोकमा विहिबार द्ददीप प्रज्वलन गरिएको छ ।
कमलामाई नगरपालिकाको आयोजना, प्लान नेपालको सहयोग तथा विभिन्न संघसंस्थाको सहकार्यमा दीप प्रज्वलन गरिएको हो ।
अपांगता दिवसको पूर्वसन्ध्यामा विभिन्न सरोकारवालाको सहकार्यमा दीप प्रज्वलन गरिएको हो ।
अपांग कल्याण संघ सिन्धुली, सिन्धुली अपांग महिला संघ, सिन्धुली बहिरा संघ, सामुदायीक विकास कार्यक्रम, ह्याण्डस नेपाल लगाएतका संस्थाहरुले संयुक्त रुपमा दीप प्रज्वलनको कार्यक्रम गरेका थिए ।





















