• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विकासलाई सबैको साझा बनाउन आवश्यक छ : बर्मा

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर १, २०७८
in Featured, Interview, Politics, Province 3
0

Share via:

897 Shares
  • Facebook 897
  • Twitter
  • LinkedIn
  • More
बिजुला बर्मा राणा बाग्मति प्रदेशसभा सदस्य एवम् नेता, नेपाली कांग्रेस

विजुला बर्मा राणा सिन्धुलीकी क्रियाशिल महिला नेता हुन । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा वाग्मति प्रदेश सभा सदस्य समेत रहेकी राणा कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको प्रत्यासी समेत रहेकी छिन । ३१ वर्षदेखि राजनीतिमा निरन्तर लागेकी बर्मासँग महाधिवेशन तथा अन्य समसामयीक राजनीतिक विषयमा यस अनलाईका सम्पादक बिमला पाण्डेले गरेको कुराकानी गरेका छौं ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कहिलेदेखि राजनीतिमा लाग्नुभयो ?
म स्कुल जीवनदेखि नै राजनीतिमा सक्रिय भएकी हुँ । २०४२ सालदेखि नेविसंघबाट मैले राजनीति सुरु गरें । म २०४६ सालमा विद्यार्थीको तर्फबाट भूमिका निभाउँदै झण्डा बोकेर आन्दोलनमा होमिएको हुँ । पदीय जिम्मेवारी चाहिँ २०४७ सालमा सिन्धुली बहुमुखी क्याम्पसको नेविसंघको क्याम्पस ईकाई कोषाध्यक्षबाट सुरु भएको हो ।
पार्टी संगठनका कुन कुन क्षेत्रमा रहेर काम गर्नुभयो ?
म नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएको हो । यो सँगै नेपाल महिला संघ र पार्टीका विभिन्न कमिटीमा रहेर काम गरेकी छु । २०४७ सालमा सिन्धुली बहुमुखी क्याम्पस ईकाई कोषाध्यक्षबाट औपचारिक राजनीतिक यात्रा तय गरे । २०४७ देखि २०५१ सालसम्म नेविसंघ जिल्ला कार्य समिति कोषाध्यक्ष, २०४८ देखि २०५१ सालमा नेपाल महिला संघ सिन्धुलीको सदस्य, २०४८ सालमा नेपाली कांग्रेसको २ नं. क्षेत्रीय समितिको सदस्य भएर काम गरें । यस्तै २०४९ देखि २०५१ सालसम्म नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य, २०५१ सालमा नेविसंघ जनकपुर काठमान्डौ सम्पर्क समितिको सहसचिव भएर काम गरें । पढाईको शिलशिलामा स्नातक पढ्न काठमान्डौको पद्मकन्या क्याम्पस गए । पद्मकन्या क्याम्पसमा २०५३ सालमा स्ववियु सहसचिव, २०५५ सालमा स्ववियु उपसभापति भएर काम गरें । २०५६ सालमा नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भएँ । नेविसंघको इतिहासमा पहिलो निर्वाचित महिला पनि हुँ म । २०५८ सालमा नेविसंघ केन्द्रीय कार्य समितिको छात्रा विभाग प्रमुख, २०५९ देखि २०६१ मा नेविसंघको केन्द्रीय सदस्य भएँ । २०६१ सालमा जतिबेला आन्दोलन चलिराको थियो । राजाले लोकतन्त्रलाई कु गरिसकेपछि सुरु भएको आन्दोलनको सुरुवात भएको थियो । त्यतिबेला नेविसंघको केन्द्रीय उपाध्यक्ष भएर काम गनए पार्टी सभापति गिरीजा प्रसाद कोइरालाले जिम्मेवारी दिनु भएको थियो । नेविसंघको पहिलो महिला पदाधिकारी पनि म नै हो । म २०४८ सालदेखि नेपाली कांग्रेसको क्रियाशिल सदस्य भएर काम गरेकी छु । २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक उमेदवार रहेको थिएँ । हाल २०६९ देखि प्रजातन्त्र सेनानी संघ सिन्धुलीको कोषाध्यक्षका रुपमा क्रियाशिल रहेकी छु भने २०७१ सालदेखि विपि चिन्तन प्रतिष्ठान सिन्धुलीको संयोजक, २०६९ देखि केन्दीय सदस्य नेपाल महिला संघ केन्द्रीय कार्य समिति सदस्यका रुपमा क्रियाशिल रहेकी छु । यस्तै नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा बाग्मति प्रदेशसभा सदस्य (समानुपातिक तर्फ) का रुपमा २०७४ सालदेखि क्रियाशिल छु ।
महिलालाई राजनीति गर्दा हुने अप्ठ्यारा वा सहजता के छ ?
जतिबेला हामीले राजनीति सुरु गरेका थियौं त्यति बेला निकै अप्ठयारो थियो । सबैलाई थाहा छ हाम्रो समाज, परम्परा, संस्कारले गर्दा छोरीहरुले राजनीति गर्दा चुनौती पूर्ण नै थियो । छोरीलाई पढाउनु हुदैन, छोराले मात्र पढ्नुपर्छ भन्ने अप्ठ्यारो स्थिति बेहोरिरहेको अवस्थामा राजनीतिमा महिलाहरु हिड्ने भन्ने कुरा त चुनौती पूर्ण नै थियो । तर मेरो परिवार सिन्धुलीमा राजनीतिमा धेरै अगाडिदेखि लागेको र मेरो ठूलो बुवा कृष्णकुमार बर्मा नेपाली कांग्रेसको सभापति हुनु भएको थियो । मेरो बुवा पनि प्रधानपञ्च हुनुहुन्थ्यो । त्यसरी घरकै परिवारका बुवाहरु राजनीतिमा भएको कारणले गर्दा वातावरण तयार भईसकेको थियो । जसले गर्दा मैले राजनीति गर्न अप्ठ्यारो वातावरण मलाई चाहिं थिएन । राजनीति भनेको कुनै समय हुदैन, रुटिन हुदैन । विहान, साँझ, राती हिड्नुपर्ने, जे प¥यो काम गर्नुपर्ने भएकाले गर्दा अन्य महिलाहरुलाई समस्या थियो । २०४८ सालको आम निर्वाचनमा सिन्धुलीमा न फोन थियो न बाटो थियो । आम निर्वाचनमा एक महिला चुनाव प्रचार गरेर आएको थिएँ । १७ वर्षको उमेरमा १९ वटा गाविस घुमेर १ महिनामा घर आएको थिएँ । मैले धेरै कुराहरु त व्यहोर्नु परेन तर समाज महिलाका लागि त्यति सहज भने थिएन । समाज विस्तार विस्तार परिवर्तन हुदै गयो । २०६२÷०६३ सालको आन्दोलनपछि संविधानले महिलाहरुका लागि ३३ प्रतिशत कोटा छुट्याएको छ । पार्टीका विधानहरुले ३३ प्रतिशत कोटा छुट्याएको छ । पहिलेको तुलनामा सामाजिक वातावरण पनि खुला हुदै गएको छ । जसले गर्दा अहिले राजनीतिमा आउने महिलाहरुका लागि पहिले भन्दा सहज भएको छ ।
तर त्यति धेरै महिलाहरुको राजनीतिमा सक्रियता देखिदैन त किन होला ?
एकदमै हो । संविधान, विधि र विधानले कोटा छुट्याउँदा पनि मनदेखि नै इच्छाशक्ति लिएर म राजनीति नै गर्छु र समाजमा केहि गर्छु भन्ने महिलाहरुको भावना चाहि अझै आएको छैन । यसको कारण अशिक्षा, चेतनाको कमी, परम्परागत सोंच नै हो । शिक्षा नभएसम्म चेतना हुदैन र चेतना नभएसम्म राजनीतिमा महिला आउँदैनन । करले गरिएका काम चाहि त्यति सफल पनि हुदैन । महिला दिदीबहिनीहरुलाई राजनीतिमा आउनुस है भनेर डो¥याएर तान्नुपर्ने अवस्था छ । विस्तारै विस्तारै महिलाहरु अगाडि बढ्लान ।
महिलाहरु राजनीतिमा आउन नसक्नुको मुख्य कारण तपाईलाई के लाग्छ ?
महिलाहरु राजनीतिमा आउन नसक्नुको मुख्य कारण परिवार नै हो । परिवारले महिलाहरुलाई जुन खालको जिम्मेवारी सुम्पिन्छ त्यो नै बाधक हो । शिक्षा चेतनाको कमी पनि हो । आर्थिक अवस्था कमजोर भएका कारण पनि हो । राजनीतिमा आउँदा आफुलाई हिड्न डुल्नका लागि खर्च घरका श्रीमान, दाजुभाईसँग मागेर हिड्न पर्ने कारणले पनि महिलाहरु राजनीतिमा आउन सक्दैन । महिलाहरु आत्मनिर्भरता नहुन पनि अर्को कारण हो ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट महिलालाई कसरी नेतृत्वमा स्थापित गर्दै छ ?
नेपाली कांग्रेसले तेह्रौं महाधिवेशनसम्ममा चाहिँ फरक खालको अनुभूति महिलालाई थियो । महिलाहरु एक निर्वाचन क्षेत्रबाट २ जना मात्र महिला सहभागि हुन पाउने अवस्था थियो । हाल पार्टीको विधानमा ३३ प्रशित सुनिश्चितता गरिएको छ । जसका कारण सिन्धुलीमा एक क्षेत्रबाट ४ जना जान पाउने भएका छन ।जसमा पनि जनजाती, दलित, खस आर्य र खुला लगाएतका कोटा समेत निर्धारण गरिएको छ । महिलाहरुको सहभागिता बढाएर क्रियाशिल सदस्य बनाउने काम पनि गरेका छौं । महिलाहरु क्रियाशिल भएर अगाडि बढ्नु भएको छ तर अधिवेशनमा मात्र अगाडि बढेर हुदैन । एउटा अधिवेशनमा आएको हुईम अर्को अधिवेशनसम्म पुग्दा सकिने अवस्था हुनु हुदैन । राजनीतिमा महिलाहरुको निरन्तरता आवश्यक छ । अर्को अधिवेशनमा अर्को महिला खोज्ने अवस्था हुनुहुदैन । राजनीति निरन्तरता हो । निरन्तरताले मात्र नेतृत्व उत्पादन हुन सक्छ । निरन्तरता दिएर लामो यात्रा तय गरेपछि मात्र नेतृत्वमा स्थापित हुन सकिन्छ ।
महिलाको निरन्तरता कायम गराउन कांग्रेसको योजना के छ त ?
अहिले अधिवेशनमा महिला, युवाहरु आकर्षित भएर जसरी उमेदवारी तय गरेर आउनु भएको छ असाध्यै खुशी लागेको छ । आम निर्वाचनको जस्तै प्रचार प्रसार कांग्रेसमा भइरहेको छ । महिला दिदी बहिनीहरुलाई वडा देखि नै क्रियाशिल बनाउन वडास्तरदेखि नै प्रशिक्षण दिएर राजनीति के हो ? राजनीतिमा हुने दुःखका कुरा सुखका कुरा,समाजलाई दिईने योगदानका कुरा सबै बुझाएर नेतृत्व स्थापित गर्न कांग्रेस लागेको छ र प्रशिक्षणका कार्यक्रमहरु तय गर्दैछौं ।
पार्टी सदस्यताको विषय कांग्रेसमा विवादका रुपमा आईरहेको छ के विवाद समाधान भएर तोकिएको समयमा नै महाधिवेशन हुन सक्ला ?
तोकिएको समयमा महाधिवेशन हुने कुरा लगभग फाइनल भईसक्यो । मंसिर ३ गते प्रदेश महाधिवेशन प्रतिनिधिको अधिवेशन हुने नै भयो । मंसिर ६ गते केन्द्रीय महाधिवेशन प्रतिनिधिको छनौट निर्वाचन हुन्छ र १० गते जिल्ला अधिवेशन हुने लगभग निश्चित भईसकेको छ । केन्द्रीय महाधिवेशन पनि केन्द्रीय नेतृत्वले फाईनल गरेकै अवस्था छ ।
सिन्धुलीमा क्रियाशिल सदस्यताको अवस्था के छ ?
जिल्लामा क्रियाशिल सदस्यता संख्या पहिलेको भन्दा दोब्बर भएको अवस्था छ । जिल्लामा ९ हजार १ सय ४० क्रियाशिल सदस्यहरु रहेका छन । कांग्रेसको क्रियाशिल सदस्यता धेरैले लिन चाहानु भएको छ । साधारण सदस्यता लिएको केहि वर्षपछि मात्र क्रियाशिल सदस्यता दिने भएकाले अर्को वर्ष अरु दोब्बर क्रियाशिल सदस्य बढ्ने सम्भावना छ ।
महिलाहरुको सदस्यताको अवस्था के छ ?
कांग्रेसको विधानमा महिलाको सहभागिता ३३ प्रतिशत अनिवार्य गरिएको छ । क्रियाशिल सदस्य पनि ३३ प्रतिशत महिलाको संख्या पुगेको छ ।
कांग्रेस महाधिवेशनमा सिन्धुलीबाट महिलाको उमेदवारी कम घोषणा भएको देखिएको छ यस्तो अवस्थामा महिला नेतृत्व कसरी स्थापित गर्नुहुन्छ जिल्लामा ?
महिलाको उमेदवारी घोषणा नभएको त हैन । प्रसस्त घोषणा भएको छ । प्रदेश महाधिवेशन प्रतिनिधिमा अलि बढी महिलाले उमेदवारी घोषणा गरेका छन भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा अलि कम उमेदवारी घोषणा भएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ६, ७ वर्ष राजनीति गरेको हुनुपर्ने विधानको व्यवस्थाले थोरै उमेदवारी परेको हो । तर कम उमेदवारी भन्न मिल्दैन । राम्रै उमेदवारी आएको छ ।
जिल्लाको अधिवेशनमा पदाधिकारीमा महिलाको उमेदवारी देखिएन त ?
प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन सकिएपछि महिलाको उमेदवारी आउँछ । अहिले नै घोषणा नभएको हो । केहिले उमेदवारी घोषणा गर्नु पनि भएको छ र गर्ने तयारीमा हुनुहुन्छ ।
नेपाली कांग्रेसको महाधिवेशनमा तपाई पनि उमेदवार हो ?
म नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उमेदवार हो ।
पार्टीको केन्द्रीय समितिमा पनि उमेदवार बन्नु हुन्छ की ?
पहिले जिल्लाको निर्वाचन सकौं । मेरो साथि भाई नेपाली कांग्रेसका असल सिपाहिहरुले मलाई माया गरेर जब पठाउनु हुन्छ त्यसपछि बल्ल केन्द्रमा जाने कुरा आउँछ । हाम्रो पार्टीले ३३ प्रतिशत महिलाको लागि केन्द्रीय महाधिवेशनमा सिट तोकेको अवस्था छ । जिल्लाबाट महाधिवेशन प्रतिनिधि छानिएँ भने केन्द्रमा जाने सोंचमा छु ।
नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा जानुपर्छ र नेतृत्व गर्नुपर्छ भन्ने लाग्नुको कारण ?
मैले राजनीतिमा ३२ वर्ष विताईसकें । राजनीतिमा जीवनको लामो समय खर्च गरिसकेकी छु । मेरो जीवन नै धेरै राजनीति र समाजसेवामा गुजारीसकेको छु । महिला भएर अध्ययन, विहेवारी, व्यवहार, पारिवारीक कुरालाई समेत व्यवस्थित गर्दै राजनीतिलाई पनि व्यवस्थित गर्दै यहाँसम्म आईपुगेको छु । त्यस कारण पनि म बलियो बन्दै गएको छु, इच्छाशक्ति, आत्मबल छ । मैले अब केन्द्रमा पार्टीको नेतृत्व गर्न सक्छु भन्ने लाग्छ त्यसैले नेतृत्वमा जान खोजेको हुँ ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुभयो भने पहिलो काम के गर्नुहुन्छ ?
मैले पहिलो काम त सिन्धुलीका वडा तहमै राजनीति के हो ? राजनीतिबाट कसरी समाजको सेवा गर्न सकिन्छ भनेर विशेषत महिला दिदी बहिनीहरुका लागि प्रशिक्षण कार्यक्रम गर्छु । यहाँ मात्र हैन देशभर पुरुष सरह सशक्त महिलाहरु उत्पादन गर्न वडा तहमै यो कार्यक्रम पु¥याउन लाग्ने छु ।
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा जित्ने सुनिश्चितता कत्तिको छ ?
लामो राजनीति यात्रा तय गरेर आएकोले मलाई पार्टीमा माया गर्नुहुन्छ भन्ने विश्वास छ । महाधिवेशन राजनीतिककर्मीका लागि पर्व हो । यस पर्वमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई मेरो अनुरोध अग्रजलाई सम्मान गर्दै युवालाई प्रोत्साहन गरी राजनीतिक इतिहास बोकेका संघर्षशिल राजनीतिक नेतृत्वलाई चयन गर्नुहुन अनुरोध गर्दछु ।
तपाई बाग्मति प्रदेशसभा सदस्य पनि हुनुहुन्छ, जिल्लाको विकासमा यहाँको भूमिका कस्तो रह्यो ?
पहिलो त सबै जनतालाई सांसदको काम भनेको विकास निर्माण हैन भनेर बुझाउन चाहान्छु । अन्तराष्ट्रिय जगतलाई हे¥यो भने सांसदको काम विधान बनाउने हो, विद्येयक पास गर्ने हो । प्रदेशलाई सञ्चालन गर्ने कानुन बनाउने काम सांसदको हो । नेपालमा चाहिं सांसदको काम भनेको विकास बजेट ल्याउने, विकास गर्ने काम सांसदको भनेर हेर्ने गरिएको छ ।
सांसद विकास कोष नै खडा गरेका विकासका काम गरिएको छ त ?
हो सांसद विकास कोष नै खडा गरेर विकासका काम नै गरिएको छ । सांसदले कानुन बनाउने भन्ने कुरा सबैले बुझ्न जरुरी छ । यहाँको राजनीतिक प्राक्टिसले सांसदले विकास ल्याउने भनेर सिकाएको छ । घरदैलोमा पुग्ने, योजना बनाउने विकास गर्ने कुराले विधान बनाउन समेत सांसदले समय दिन नसक्ने अवस्था समेत आएको छ । सांसद जनप्रतिनिधि हो, उसले जनताको मर्म बुझेर समाजलाई कसरी अगाडि बढाउने ? त्यो क्षेत्रलाई कसरी अगाडि बढ्ने भनेर नीति निर्माण गर्ने सांसद विकासमा लाग्दा कतिपय नीति नियम बनाउन समेत समय दिन नसक्ने अवस्था छ । अर्को कुरा समानुपातिक सांसदहरुलाई सांसद विकास कोष दिईएको छैन । प्रत्यक्ष र समानुपातिक सांसदलाई राज्यबाट विभेद गरिएको छ । सबै हैसियत बराबर दिईएको छ, मान बराबार दिईएको छ तर कोष दिईएको छैन । नेपाली कांग्रेस सांसदलाई कोष छुट्याउनु हुदैन भन्ने लडाईमा छ तर कोष खडा गरियो । ३ करोड प्रत्यक्ष निर्वाचितलाई दिईयो तर समानुपातिकलाई दिईएन । म समानुपातिक सांसद हुन । म कोष विहिन सांसद हुँ । जनताका विकासको आकांक्षालाई पुरा गर्न नसकेको अवस्था हो । तै पनि थोरै संख्यामा संसदमा नेपाली कांग्रेसका सांसदको प्रतिनिधित्व छ । सरकार अर्को पाटीको थियो । मैले त विकास मागेर ल्याउनुपथ्र्यो । प्रतिपक्षले विकास धेरै ल्याउन सक्दैन यो सबैलाई थाहा भएकै कुरा हो । मैले पनि धेरै ल्याउन सकिन तर जति सकें त्यति गरेको छु । सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, मरिण गाउँपालिकामा पनि सम्बोधन गर्ने कोशिस गरेको छु ।
प्रदेशसभाबाट कानुन निर्माण गर्दा तपाईहरुको भूमिका के रह्यो ?
प्रदेशसभामा कांग्रेसबाट निर्वाचित भएर जादाँ हामी संघियताको पहिलो संरचनामा गएका थियौं । भारत लगाएतका संघियतामा गएका देशहरुमा केन्द्रीय सरकारले प्रदेशलाई धेरै अधिकार दिएको पाइन्छ तर हाम्रो चाहिँ केन्द्र र स्थानीय तहलाई अधिकार दिएको तर प्रदेशलाई अधिकार नदिएको अवस्था छ । जसका कारण कानुन बनाउन अप्ठ्यारो प¥यो । ६, ७ महिनासम्म त के कानुन बनाउने भन्नेमै अन्यौल रह्यो । त्यसपछि केन्द्रीय सरकारलाई पटक पटक झकझकाएर, संसदमा बोलेर केहि कानुन बनाउने वातावरण तयार ग¥यौं । लगभग ६० वटा कानुनहरु बनाएका छौं । सरकारमा आउने नेतृत्वका लागि कानुन निर्माण गरिदिएका छौं ।
कानुन निर्माण गरिरहदा महिला सहित सामाजिक समावेशीकरणका मुद्दा स्थापित गर्न तपाईको भूमिका के रह्यो ?
यो एकदमै पेचिलो प्रश्न हो । महिलाका कुरा जता पनि उठ्छ । यसका लागि संघसंस्थाहरु पनि खुलेका छन । राष्ट्रिय अन्तर्राष्ट्रिय गोष्ठिहरु पनि हुन्छन । संविधानमा लेखिन्छ । विधि विधानमा लेखिन्छ । जब कार्यान्वयनको कुरा आउँछ अनि समस्या आउँछ । महिलाका लागि बजेट ल्याउने कुरामा विवाद हुन्छ । महिला तथा सामाजिक समावेशीकरणका मुद्दामा आएर बजेटमा कन्जुस्याई गरिदिन्छ । हामीले महिलाका लागि जुन खालको कानुन बनाउनुपर्ने थियो हामीले सकेनौं भन्ने अनुभूति भएको छ । तथापी हाम्रो पहल रहिरहेको छ । कानुन निर्माण ,नीति निर्माण गर्नेहरुको सोंच नै गरीब छ महिलाका सवालमा । प्रस्ट नियम बनाउन नचाहने धेरै छन । महिलाका लागि किन ? भन्ने प्रश्न आउँछ । महिलाहरु अझै पछाडी छन । उनीहरुको विकासका लागि उपयुक्त नीति आवश्यक छ भन्ने हो ।
महिला मैत्री नीति कानुन बनाउन बाधा के ले गरिरहेको छ ?
कानुन बनाउने ठाउँमा कर्मचारी, मन्त्री, सांसद सबैको भूमिका हुन्छ । विचारहरु दिन्छन । कानुन पारित हुदै गर्दा यो गर्नु पर्दैन, भन्छन । महिलाले आफै गर्न सक्छन । अगाडि बढ्छन भन्ने आवाज आउँछ । महिलालाई हेर्ने दृष्टिकोण, सोंच साँघुरो भएका कारण महिला मैत्री कानुन बनाउन बाधा आईरहेको छ । परम्पराबादी सोंचका कारण नै कानुन विधान बन्न नसक्नुको कारण हो ।
स्थानीय तह, प्रदेशभा र प्रतिनिधि सभालाई कानुन बनाउने अधिकार दिईएको छ, कानुन बनाउँदा तीनै तहको तालमेल कसरी मिलाउनु भएको छ ?
नेपालमा यो हाम्रो पहिलो अभ्यास हो । यहि अभ्यासमा हाम्रो पाँच वर्षे कार्यकाल सकिनै लाग्यो । स्थानीय तहको पनि कानुन बनाउने केहि सहजता छ । स्थानीय तहका पनि केहि गुनासा त छन नै । केन्द्रीय सरकारले आफ्नो कानुनलाई आफैसँग केन्द्रीकरण गरेर राख्ने र संघियता, विकेन्द्रीकरण भयो भन्नुले समस्या भएको छ । प्रदेश सरकारलाई अगाडि बढाउन केन्द्रले आफ्ना अधिकारलाई छोट्याएर प्रदेशलाई अधिकार दिनुपर्छ । संघियतालाई सहि ढंगले अगाडि बढाउने हो भने प्रदेशलाई अधिकार दिनुपर्छ । संविधान फेरेर अगाडि बढ्न सकिदैन । बरु के गरि प्रदेशलाई अधिकार सम्पन्न बनाउने भन्ने हो । तीन तहको संरचनाको तालमेल मिलेको अवस्था छैन । तालमेलका साथ अगाडि बढेनौं भने संघियता नै नरहने अवस्था छ ।
प्रदेश सरकारको काम छैन, खर्च मात्र बढाउने काम भयो भन्ने नागरिकहरुको आवाज पनि आएको छ ? साँच्चिकै प्रदेशको संरचना आवश्यक हैन त ?
म आफु प्रदेश सदस्य भएर काम गरिरहदा हामीलाई पनि त्यस्तो लाग्छ । प्रदेशको के काम ? न यहाँ बोलको जनताको बीचमा जान्छ । न हामीले बनाएका कानुनको कुरा हुदैनन । यति सानो मुलुकमा संघियता नै किन रचना गरियो ? केन्द्र र स्थानीय तहले नै यो देश अगाडि बढ्न सक्थ्यो । कुनै पनि देश अगाडि बढ्नका लागि नीति मात्र ठूलो कुरा हैन, कार्यान्वयन गर्ने नेतृत्व ठूलो कुरा हो । नेतृत्व तवरबाट कार्यान्वयनका पाँच वर्ष कमजोर तरिकाले विताईयो ।
आगामी निर्वाचनमा पनि अहिलेकै राजनीतिक गठबन्धन यतिकै रहन्छ की के हुन्छ ?
नेकपाले बहुमत ल्याएर एकमनाको सरकार बनाउँदा कांग्रेसलाई दुःख लागेको थिएन । किनभने राजनीतिक स्थिरताका लागि बहुमतको सरकार आवश्यक थियो । त्यो सरकारले पाँच वर्षमा धेरै काम गर्न सकोस भन्ने थियो । गरिबी निवारण र समृद्धिका लागि बहुमतको सरकार आवश्यक थियो । नेकपाको सरकारलाई सालिन भएर सघाएको अवस्था थियो । कांग्रेसले वातावरण दिएकै हो । कम्युनिष्टहरु भाई भाईमा जुधेर फुटे । नेपाली कांग्रेस सरकारमा जानै चाहेको थिएन तर नचाहाँदा नचाहदै तपाईले सरकार नचलाई हुदैन भनेर पोल्टामा ल्याईदिएपछि पार्टी सभापतिले सरकारको नेतृत्व लिन बाध्य हुनुभयो । जाँदा जाँदै गर्दाको सरकार हो यो । कांग्रेसले मात्रै त समाल्न सक्दैन । आलोचनाको पात्र हुन सक्छौं । हामीले हाम्रो नेतृत्वलाई गलत निर्णय नगर्न बारबार सचेत गराउँदै आएका छौं । निर्वाचन आउदैछन बरु एक कदम पछि हटोस गलत निर्णय नगरोस । जनतामा गलत म्यासेज जाने निर्णय नगर्न सचेत बनाउँदै आएका छौं । जुन सरकारले गरेको भए पनि विकास साझा हो, ती विकासलाई निरन्तरता दिनुपर्छ समेत भनेका छौं ।
तर त्यस्तो देखिएन त ? देउवा नेतृत्वको सरकारले त ओली नेतृत्वको सरकारले बजेट ल्याएका १४ सय बढी रणनीतिक महत्वका सडक आयोजना लगाएतका विकासका काम अवरुद्ध ग¥यो त ?
नेपाली कांग्रेसले सबै कार्यकर्ताका कुरा केन्द्रीय नेतृत्वले सुन्छ भन्ने छैन । केन्द्रीय कार्यसमितिले समेत भनेको छ । आयोजना पार्टीको कार्यक्रम जसरी आएको पनि हुन सक्छ । कतिपय कुराहरु आयोजनाहरु आवश्यक थियो ती सबै आयोजना अर्को सरकारले अगाडि बढाउनु पर्छ । यति त्यस्तो त्रुटि गर्नु हुदैन । विकासका कार्यक्रम साझा बनाएर जानुपर्छ । राष्ट्रिय सम्प्रभुता, अखण्डता, जसरी साझा छ त्यसरी नै विकास पनि साझा हुनु आवश्यक छ । अनि मात्र अगाडि बढ्न सकिन्छ । एकले अर्काको काममा अपनत्व लिन आवश्यक छ ।
विकास कुनै पार्टीको हुदैन भन्ने सन्देश दिन नसकेको हो की ?
एकदमै हो । नेपाली कांग्रेस, माओवादी र एमाले कसैले पनि दिन नसकेको कुरा हो । विकासलाई साझा बनाउन आवश्यक छ ।
पछिल्लो समय नेकपा एमाले गठबन्धन दलहरु बीच तिक्तताको अवस्था पनि छ जसका कारण विकासमा बाधा अड्चन पनि आएको देखिन्छ, विकासका लागि साझा एजेन्डा बनाउन कांग्रेस नेतृत्वको सरकारले के भूमिका खेल्न सक्छ ?
यो जाँदा जाँदैको सरकार हो । आएका योजनालाई पुरा गर्ने र आगामी निर्वाचनको तयारी गर्ने मात्र हो । धेरै यो सरकारले गर्न सक्ने समय छैन । आउँदो सरकार जसको सरकार बन्छ, सम्भवत नेपाली कांग्रेसको सरकार बन्छ । नेपाली जनताले पनि नेपाली कांग्रेसको सरकारलाई जिताउनु पर्छ । कांग्रेस लोकतन्त्रको धरोहर पनि हो । अब आउने नेतृत्व तहमा सुद्धिकरण, सुदृढीकरण भएर आगामी दिनमा विकासलाई साझा बनाउन लिखित सम्झौता गर्न आवश्यक छ । ठूला ठूला राष्ट्रिय महत्वका आयोजना साझा बनाएर अगाडि बढ्न अनिवार्य छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमाढीबाट विप्लबका २६ जना बन्दकर्ता पक्राउ

Next Post

सार्वजनिक निकायमा डरलाग्दो पुरुषवादी चिन्तन

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied