सिन्धुली । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा नेपाल बन्द गराएको नेकपा माओवादी (विप्लब) का जिल्ला नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विप्लवका जिल्ला इन्चार्ज वत्र्य बहादुर राई (शशी), जिल्ला नेता गोपाल भोलन सहितका २६ जना नेता कार्यकर्ता पक्राउ परेका हुन ।
मंगलबार सिन्धुलीमाढी बजार बन्द गराउँदै हिडेका उनीहरुलाई सिन्धुलीमाढीको वसपार्क तथा बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोपाल थपलियाले बताएका छन ।
उनीहरुलाई बन्दको अवधि सकिएपछि छोडिने पनि उनले बताए ।
जिल्लामा बन्दको प्रभाव परेको छ । विद्यालयहरु बन्द भएका छन भने सार्वजनिक यातायातहरु चलेका छैनन । पसलहरु बन्द भएका छन ।
नीजि सवारी साधन तथा मोटरसाईकलहरु सामान्य चले पनि अन्य सवारी साधनहरु चलेका छैनन । नेपाल बन्दमा जिल्लाका मुख्य बजार केन्द्रहरुमा सुरक्षा सतर्कता सहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।




















