सिन्धुली । नेकपा एमालेको दशौ महाधिवेशनका लागि सिन्धुली जिल्लाबाट प्रतिनिधिको टुंगो लगाईएको छ । सिन्धुलीबाट सहभागी हुनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिको सर्वसम्मत चयन गरिएको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।
निर्वाचनको प्रक्रिया अघि बढाइए पनि छलफलबाट प्रतिनिधिको टुंगो लगाईएको एमाले जिल्ला अध्यक्ष प्रदीप कटुवालले जानकारी दिएका छन ।
जिल्लाबाट ३१ जना प्रतिनिधि छनौट भएका छन । जसमा ९ जना महिला रहेका छन । क्षेत्र नं. १ बाट १८ जना र क्षेत्र नं. २ बाट १३ जना प्रतिनिधि छनौट भएका हुन । सर्वसम्मत छनौट भएकाहरुको सूचि जिल्ला निर्वाचन कमिटी सिन्धुलीले शनिबार साँझ सार्वजनिक गरेको छ ।
निर्वाचन कमिटीका अनुसार क्षेत्र नं. १ बाट प्रदिप कुमार कटुवाल क्षेत्री, केशव प्रसाद देवकोटा, मञ्जु कुमारी देवकोटा, राजु बराल, पार्वती सुनुवार, नारायण बराल, शंकर बराल, प्रलाद पोख्रेल, छत्र बहादुर दाहाल, ललिमाया पुलामी, डम्बर बहादुर कार्की, हेम बहादुर लामा, पूर्ण बहादुर खत्री, डोर कुमारी कार्की बोगटी, मिनादेवी कार्की, सुवास देवकोटा चयन भएको क्षेत्र नं. १ का निर्वाचन कमिटीका संयोजक पुरुषोत्तम दाहालले बताए ।
यस्तै दलित प्रतिनिधिमा केशर बहादुर नेपाली चयन भएका छन । निर्वाचन क्षेत्र नं. २ निर्वाचन कमिटि संयोजक सुरेश प्रसाद फुयालका अनुसार क्षेत्र नम्बर २ बाट कौशल कोइराला, कमल प्रसाद दाहाल, रामकृष्ण श्रेष्ठ, चतुरमान लो, हिरा बहादुर लामा, अम्वीका कुमारी राई, गोबिन्दलाल माझी, निरु कुमारी कुँबर, शान्तिमान कार्की, खड्ग बहादुर खत्री, महेन्द्रदेव श्रेष्ठ, पार्वती भट्टराई र रमा कार्की चयन भएका छन ।



















