सिन्धुली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले गरेको संसद अवरुद्धको कुनै अर्थ नरहको बताएका छन ।
मंगलबार सिन्धुलीमा पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानको उद्घाटनका लागि सिन्धुली आएका यादवले दुई दुई पटक संसद विघटन गरेको दलले संसद अवरुद्ध गर्नुको कुनै अर्थ नरहने बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले एमालेले संसदको औचित्यता नदेखेको आरोप लगाए । सरकारले वार्ता र सम्वादबाट समस्या समाधान गर्न आवश्यक रहेको पनि उनले बताएका छन ।
सुज अभियानको उद्घाटनपूर्व पत्रकारहरुसँग कुरा गर्दै यादवले जसपा कसको नेतृत्वमा कहिले कति जना सरकारमा जाने टुंगो नलागेको समेत बताएका छन ।




















