• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अनेमसंघ मरिणको अध्यक्षमा सर्मिला माझी चयन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ७, २०७८
in Featured, Politics, Province 3
0

Share via:

97 Shares
  • Facebook 97
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ मरिण गाउँपालिकाको दोस्रो सम्मेलन सोमबार मरिणमा सम्पन्न भएको छ । सम्मेलनले सर्मिला माझीको अध्यक्षतामा ३५ सदस्यीय मरिण गाउँ कमिटी चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा वेल कुमारी जर्घा मगर, सचिवमा लिलामाया श्रेष्ठ, सह सचिवमा सुजिता सुनुवार र कोषाध्यक्षमा संगिता माझीलाई चयन गरेको छ ।

यस्तै सम्मेलनले विनिता आले, दिपा सिंजाली, दुर्गामाया राना, मनकुमारी ज्यान्द्रिस, पारु थिङ, गिता माझी, गंगा माझी, गिता माझी, राम्रीमाया गोले, लक्ष्मी दियाली, उमा माझी, रमिता माझी, मान कुमारी रसाईली, चित्र कुमारी पाख्रिन, असलीमाया थिङ, सितामाया पाख्रिन, प्रतिभा माझी, अनिता माझी, सविता माझी, पार्वती थापा मगर, जुना पन्त, मुना देवकोटा, दलमाया दाहाल, शुशिला बुढाथोकी, ललिता माझी, सृष्टि नेपाली, मञ्जु माझी, सरस्वति पन्त लगाएतलाई सदस्यमा चयन गरेको छ ।

संगिता माझीको अध्यक्षता एवम् अनेमसंघ केन्द्रीय सचिवालय सदस्य रस्मिला देवकोटाको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सम्मेलनमा बोल्दै प्रमुख अतिथि देवकोटाले महिलाको आर्थिक सामाजिक राजनीतिक अधिकार स्थापित गर्न अनेमसंघको आवश्यकता रहेको बताउँदै गाउँ गाउँका महिलाहरुलाई संघमा आवद्ध हुन आग्रह गरेकी छिन । उनले महिलाहरु सोंच परिवर्तन गर्दै नेतृत्वदायी भूमिका आउन आवश्यक रहेको बताईन । जसका लागि पुरुष र महिला हातेमालो गर्दै अगाडी बढ्न आवश्यक रहेको समेत बताएकी छिन ।

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य उमादेवी कोइरालाले कम्युनिष्ट आन्दोलन विचारले चल्ने र महिला अधिकार स्थापित गर्नका लागि विचार सहितको राजनीतिक दलको आवश्यकता हुने बताईन । उनले महिला अधिकार स्थापित गर्न अनेमसंघ र नेकपा एमालेमा आवद्ध हुन समेत महिलालाई आह्वान गरेकी छिन । उनले एमाले कार्यकर्ताले बचाएको पार्टी भएको समेत दावी गरेकी छिन ।

‘अब बुलेटको हैन, व्यालेटको राजनीति गरौं’ : संविधानसभा सदस्य दर्लामी
कार्यक्रममा बोल्दै संविधासभा सदस्य एवम् नेकपा एमालेका प्रदेश सदस्य निरु दर्लामीले आफुहरुले परिवर्तनका लागि भन्दै जीवन जोखिममा राखेर बुलेटको राजनीति गरेपनि नेतृत्वका कारण उपेक्षित भन्दै अब व्यालेटको राजनीति गर्न सबैलाई आग्रह गरेकी छिन । उनले प्रचण्डले बन्दुक बोकाएर हत्या हिंसा गर्न उक्साएर कार्यकर्ता, जनता र देशको हितमा काम नगरि स्वार्थको राजनीति गरेको भन्दै अब विचारको राजनीतिमा आउन सबैलाई सुझाएकी छिन ।

‘जनयुद्धमा हिड्दा गणतन्त्र हेर्न पाउँछौं जस्तो लागेको थिएन, दिनमा हजारौं पटक मरेर बाँचेका थियौं, गणतन्त्र संस्थागत गर्न प्रचण्डले सकेनन् अब शान्तीपूर्ण, व्यालेट र विचारको राजनीतिमा भविष्य छ भन्ने देखिएको छ । जसको नेतृत्व केपी ओली नेतृत्वको एमालेले मात्र गर्न सक्छ ।’ दर्लामीले भनेकी छिन । माधव नेपाल र प्रचण्डका कारण देशमा अस्थिरता सृजना भएको उनले बताईन । उनी जनयुद्धकी सहिद परिवार हुन । उनीसँगै मरिण गाउँपालिकाका सहिद तथा घाईते परिवारका महिलाहरु अनेमसंघमा आवद्ध हुन थालेका छन ।

कार्यक्रममा बोल्दै अनेमसंघका केन्द्रीय सदस्य एवम् कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले महिलाहरुलाई राज्यका हरेक तहमा समानुपातिक सहभागिता गराउनका लागि अनेमसंघले प्रशिक्षित गर्दै लानुपर्नेमा जोड दिईन । उनले निर्वाचनमा महिला उमेदवार तयार गर्न आग्रह समेत गरिन ।
यस्तै अनेमसंघका जिल्ला अध्यक्ष एवम् फिक्कल गाउँपालिका सिन्धुलीका उपाध्यक्ष पार्वती सुनुवारले गाउँ गाउँमा महिला नेताहरु तयार गर्दै अगाडी बढ्न आग्रह गरेकी छिन । उनले आगामी निर्वाचनमा मुख्य पदमा महिला पु¥याउन तयारी गर्न समेत आग्रह गरिन ।

कार्यक्रममा बोल्दै अनेमसंघ कमलामाई नगर कमिटीका अध्यक्ष बिमला पाण्डेले भुगोलबाटै महिला नेतृत्व स्थापित गर्न आवश्यक रहेको बताईन । उनले महिला मतदाता र महिला नेतृत्व स्थापित गर्दै महिला अधिकारका लागि अगाडि बढ्न आधार तयार गर्ने बेला भएको बताईन ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका सह कोषाध्यक्ष अभिलाषा कोईरालाले नेकपा एमालेको नेतृत्वको सरकारले गरेका काम, एमालेको नीति तथा कार्यक्रम लिएर गाउँ गाउँमा जान महिलाहरुलाई आग्रह गरेकी छिन । कार्यक्रममा अनेमसंघका जिल्ला सचिव पार्वती भट्टराई, नेकपा एमाले मरिण गाउँ कमिटीका अध्यक्ष हरिकुमार स्याङतान लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अनिता माझीले स्वागत गरेकी थिइन भने कार्यक्रमको सहजीकरण लिलामाया श्रेष्ठले गरेकी थिईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीको कोभिड ल्याव उत्कृष्ट ल्याव

Next Post

बाढी पहिरोको उच्च जोखिममा सिन्धुली : बस्ती, घर, सडक अवरोध र कटान

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied