सिन्धुली । नेवार समुदायका संघसंस्थाहरुले नेवारहरुको पर्व गाईजात्रामा सार्वजनिक विदा दिन माग गरेका छन । नेवार समुदायको पहिचान, संस्कृतिसँग जोडिएको मौलिक पर्व गाईजात्रामा विदा दिन नेवार समुदायका अगुवा संस्थाहरुले गृह मन्त्री समक्ष ज्ञापन पत्र बुझाएका हुन ।
सिन्धुलीका नेवार समुदायका अगुवाले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका हुन ।
नेवा देय दवुको नेतृत्वमा उक्त संस्था आवद्ध संस्थाहरुले ज्ञापन पत्र बुझाएको नेवाःदेय दवुका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
उनका अनुसार नेवार समुदायको लिपी रञ्जना लिपीका कारण नेपाल संयुक्त राष्ट्र संघमा नेपालले मान्यता पाएको, नेवार समुदाय वाग्मति सभ्यता, भेषभुषा तथा रहनसहन भएको जाती र छुट्टै पहिचान बोकेको जनजाती भएकाले गाईजात्रामा विदा दिनुपर्ने माग रहेको छ ।
यसरी ज्ञापन पत्र बुझाउने संस्थाहरुमा नेवाःदेय दबु, नेवाःमिसा दवु, नेवा समाज, नेवा गुठी, नेवा प्रतिष्ठान लगाएत रहेका छन ।




















