सिन्धुली । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले सिन्धुलीमाढीमा मोटरसाईकल ¥याली गरेका छन ।
बुधवार नेकपा एमालेको पार्टी कार्यालय २ नं. बजारबाट सुरु भएको मोटरसाईकल ¥यालीले माढीबजार, धुराबजार र ढुंग्रेवास परिक्रमा गरेको थियो । कालो पट्टि बाँधेर अध्यादेश फिर्ता गर्न माग गर्दै बजार परिक्रमा गरेका हुन ।
भूमि व्यवस्था आयोग खारेजको समेत युवा विद्यार्थीले विरोध गर्दै नारावाजी गरेका हुन । परमादेशबाट बनेको सरकारको अलोकतान्त्रिक कदम भन्दै युवा विद्यार्थीले विरोध गरेका हुन ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्न सरकारले जनघाती निर्णय गरेको भन्दै विरोध प्रदर्शन गरिएको युवा संघ सिन्धुलीका अध्यक्ष देवराज वाईवाले बताए । उनले ¥यालीपछि लोकतान्त्रिक चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।




















