सिन्धुली । जिल्लामा दश दिन निशेधाज्ञा थपिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले १० दिनका लागि जिल्लाभर लागु हुने गरि निशेधाज्ञा थप गरेको हो ।
यस अघि कमलामाई नगरपालिका बाहेक स्थानीय तहले आ–आफ्नै तरिकाले निशेधाज्ञा जारी गरेका थिए ।
समितिले ८ गते राती १२ बजेदेखि लागु हुने गरि १८ गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा गरेको जनाएको छ । कोरोनाको थप संक्रमण बढ्न नदिन र चेन बे्रक गर्नका लागि निशेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।




















