सिन्धुली । सिन्धुलीको कोभिड अस्पतालमा आइतबार एक जना वृद्धको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नंं ७ का ८६ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्रकुमार शाहका अनुसार उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा आइतबार विहान वृद्धको मृत्यु भएको हो ।
दमका विरामी समेत रहेका उनलाई स्वासप्रस्वासमा समस्या आएपछि कोभिड १९ अस्पतालमा उपचारका लागि ल्याईएको थियो । उनमा अक्सिजनको मात्रा कम भएपछि अस्पताल ल्याईएको थियो ।
तीनदिन अघि उनको पिसिआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसहित नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोनाका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















