सिन्धुली । सिन्धुली कारागारमा कैदी बन्दी भेटघाटमा रोक लगाईएको छ । कारागारमा बाहिरबाट आफन्त भेटघाट गर्न आउनेलाई सोमबारदेखि लागु हुने गरि भेटघाटमा रोक लगाईएको कारागार कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला सहित देशभर कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै संक्रमणको जोखिम कम गर्नका लागि कैदीबन्दी भेटघाटमा रोक लगाईएको कार्यालयले जनाएको छ ।
कारागार व्यवस्था विभागको निर्देशन अनुसार बाह्य भेटघाट अनिश्चित समयमा लागि बन्द गरिएको कारागार कार्यालय सिन्धुलीले सूचना जारी गरी जनाएको छ ।
कार्यालयको आधिकारीक फेसबुक पेज मार्फत कार्यालयले कैदीबन्दीका आफन्त, परिवारजन लगाएतलाई भेटघाट बन्द गरिएको जनाएको हो ।
कारागार कार्यालय सिन्धुलीका जेलर मातृका प्रसाद पहाडीले जारी गरेको सूचनामा कैदीबन्दीका लागि ल्याईएका अत्यावश्यक सामग्री समेत २४ घण्टा क्वारेन्टिनमा राखी उपलब्ध गराईने छ । कारागारमा आवात जावत गर्दा वा कारागार भित्र स्वास्थ्यका मापदण्ड समेत पालना गर्ने जनाईएको छ ।






















