सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मुत्यु भएको छ । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प २१६३ नम्बरको मोटरसाइकल दुर्घटना दुर्घटना हुदा मोटरसाईकलमा सवार रहेका तीन जनाको मृत्यु भएको हो ।
घटना स्थलमा दुई जनाको र उपचारका लागि सिन्धुली अस्पतालतर्फ लाँदै गर्दा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुधौली नगरपालिका ४ का २६ वर्षीय यम कुमँर दनुवार र उनका भतिज १३ वर्षीय आषिस कुमार दनुवारको घटनास्थलमा नै मृत्यु छ भने दुर्घटनामा घाइते भएका ९ वर्षीय अतिद कुमँर दनुवारको उपचारका लागि सिन्धुली अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए ।
उनका अनुसार मृतक यम कुमँर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान हुन । मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।




















