सिन्धुली । समस्या १. मदन भण्डारी राजमार्गको कमलामाई नगरपालिका वडा नं. १ को चम्राईमा पिच भएको सडक भत्कियो । सडकको माथिल्लो भाग वर्षातका समयमा चिरा चिरा परेर झरेपछि सडकको पिचै उल्टिने गरि सडक विग्रियो । जसका कारण धुलाम्मे र सडक साँघुरो भयो ।


समस्या २ : सोहि वडाको खारखोलामा पनि सडकका कारण समस्या देखिएको छ । उक्त क्षेत्रमा सडकमा नाला र सपोर्ट वाल नै नबनाई सडक पिच गर्न लागेको, भत्किएको संरचना निर्माण नगरिदिएको लगाएतका समस्या रहेको स्थानीयले बताएका छन । सडक बनाउँदा निर्माण गरिदिनुपर्ने सहायक सडक, नाला, विग्रिएका भौतिक संरचना, खानेपानी निर्माण नभएसम्म सडक बनाउन नदिने स्थानीयले बताएका छन । स्थानीय सावित्रा चौलागाईले आयोजनाले स्थानीयसँग गरेको सम्झौता अनुसार काम नगरेको र भत्किएको खानेपानीको इनार समेत नवनाईदिएको बताईन । उनले खानेपानी नबनाईदिएमा काम हुन नदिने बताईन ।

अर्यालले भनेका छन, ‘यो ठाउँमा २ पटकसम्म खुकुरी हानाहान भएको छ । ठेकेदार, प्राविधिकको आँखा छलेर गुणस्तर विगार्ने काम भएको छ । आयोजनाले मात्र काम गुणस्तर बनाउन नसक्ने भएकाले नगरपालिकाले सहयोग गर्नुपर्छ । निरन्तर अनुगमनका लागि प्राविधिक खटाई दिनुहोस ।’ उनले थपे, ‘प्राविधिकको खर्च आयोजनाले व्यहोर्छ, आयोजना र नगरपालिकालाई उसले दैनिक रिपोर्टिङ गर्नुपर्ने छ, जसले गुणस्तरीय काम सम्पन्न गर्न सहयोग गरोस ।’

राजमार्ग निर्माणमा कहिं भौगोलिक कारण त कहिं मानवीय कारण समस्या देखिएको आयोजनाले जनाएको छ ।
यो राजमार्गको सिन्धुलीमाढी– हेटौडा सडक खण्ड निर्माणको सबै काम फागुन २ गते सम्म सकिनुपर्ने सम्झौता छ । कतिपय स्थानमा पुलका काम भइरहेका छन । ती काम पनि सकिएका छैनन । ढल निर्माण, सपोर्ट वाल निर्माणका काम, सडक चौडा बनाउनुपर्ने काम बाँकी नै छन । विशेष गरि कालिका कन्ट्रक्सनले जिम्मा लिएको काम अगाडि बढ्न नसकेको पाईएको छ ।
विहिबार कमलामाई नगरपालिका क्षेत्रमा पर्ने सडक निर्माणको आयोजनाका प्रमुख अर्जुन प्रसाद अर्याल र कमलामाई नगरपालिकामा मेयर खड्ग खत्री सहितको टोलीले आयोजना अनुगमन गर्दा कालिका कन्ट्रक्सनले काममा ढिलाई गरेको, गुणस्तरीय काम नगरेको, स्थानीयहरुले विभिन्न बाहनामा अवरोध गरेको र कतिपय स्थानमा भौगोलिक समस्या समेत देखिएको हो ।
कमलामाई नगरपालिका क्षेत्र भित्र मात्र नभई हेडौडासम्म नै समस्या आईरहेको आयोजना प्रमुख अर्यालले बताएका छन । सिन्धुलीमाढीको विपि राजमार्गदेखि हेटौडासम्मको ११५ किलोमिटर सडक निर्माणका क्रममा छ ।

नगरपालिकाको प्रस्तावले केहि भौतिक संरचना नास भए पनि धेरै संरचना जोगिने र सडक पनि बन्ने देखिन्छ । जसको निर्णय नभएकाले विवाद समाधान भई सडक बन्न अझै लामो समय लाग्ने देखिन्छ । खट्टारदेखी धुराबजारमा आम रुपमा राजनीतिक र सामाजिक रुपमा सहमति भएपछि मात्र काम हुने उनले बताए । ‘जसका लागि स्थानीय तहसँग समन्वय गरेका छौं, उनले भने ।
समस्या ६ : हाक्पारामा २ किलोमिटर सडक खोलाले काट्ने र पैरो जाने भएकाले समस्या भएको छ । बीच बीचमा पहिरोका कारण आउने साना साना समस्या पनि कायमै छन । त्यस्तै हेटौडामा समुदायले अवरोध गरेका कारण ३ किलोमिटर सडक बनेको छैन । त्यहाँ आयोजनाले समुदायसँग बसेर समस्याको समाधान गर्ने सहमति गरेको छ तर काम अगाडि बढेको छैन ।
भौगोलिक हिसावले मास स्लाईडका कारण समस्या भएको आयोजना प्रमुख अर्यालले बताए । अर्यालले भने, ‘केहि सामाजिक समस्या आएका छन । कहिँ स्थानीयले जग्गाको पैसा (मुआब्जा) को माग गरेका छन । जग्गाको पैसा दिने प्रावधान आयोजनामा छैन ।’ उनका अनुसार आयोजनाले भौतिक संरचना भत्केमा निर्माण गरिदिने, घरहरुको क्षतिपूर्ति दिने व्यवस्था अनुसार क्षतिपूर्ति दिईरहेको छ ।
‘स्थानीयका चाहना असिमित छन । साना साना कुराहरुले समस्या पारेका छन । साना साना व्यक्तिगत समस्याले सडक अवरुद्ध भईरहेको छ । खानेपानी, सिंचाई, व्यक्तिका घरमा जाने सडक जस्ता समस्या तेर्साइन्छ । जसका दिगो व्यवस्थापन आवश्यक छ’ उनले भनेका छन । काम गरेकै अवस्थामा स्थानीय तहले निगरानी गरिदिन आवश्यक रहेको पनि उनले बताएका छन । स्थानीय सरकारको रचनात्मक सुझाव र सहयोग चाहिएको उनले बताए । ‘स्थानीय स्तरमै समस्याको समाधान गर्न खोजेका छौं, उनले भने ।
समस्या ७ : सडक निर्माणमा कोभिड १९ ले पनि उत्तिकै असर गरेको छ । बाँकी रहेका काम सकिन असार मसान्त लाग्ने आयोजनाको अनुमान छ । आयोजना प्रमुख अर्याल भन्छन, ‘चैत ११ गतेदेखिको लकडाउनले राजमार्ग निर्माणमा असर गरेको छ । डेढ दुई महिना कामै अवरुद्ध भयो । कामदारलाई कोभिड संक्रमण देखिएकाले पनि निर्माणमा केहि ढिलाई भयो । त्यसले गर्दा उपलब्ध भएका साईड असारसम्म कुनै पनि सर्तमा सक्नुपर्ने हुन्छ ।’





















