सिन्धुली/कमलामाई नगरपालिकाले सहकारीलाई दुध भण्डारण गर्नका लागी चिलिङ भ्याट प्रदान गरेको छ । कमलामाई नगरपालिका–५ राजपानीमा रहेको राजदेवी कृषि तथा पशु उत्पादन सहकारी संस्थालाई शत प्रतिशत अनुदानमा चिलिङ भ्याट प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले कुल ७ लाख २५ हजार लागतमा चिलिङ भ्याट खरिद गरी उक्त सहकारीलाई हस्तान्तरण गरेको जनाएको छ । नगर प्रमुख खड्ग बहादुर खत्रीले सहकारी संस्थाका अध्यक्ष देवकोटालाई भ्याट हस्तान्तरण गरेका हुन ।

उनले पछिल्लो समय दुध उत्पादनमा नगरपालिका आत्मनिर्भर भए पनि किसानले उत्पादन गरेको दुधको बजारीकरणमा भने चुनौती रहेको बताए । उनले किसानले उत्पादन गरेको दुधको बास्तविक मुल्य पाउने गरी बजारीकरण गर्ने व्यवस्था मिलाउन नगरपालिका लागि परेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकालले नगरपालिकाको १४ वटै वडाको भौगोलिक बनोट हेर्दा नगरपालिकाले कृषि क्षेत्रमै बढी लगानी गर्दा छिटो जनताको जीवनस्तर सुधार हुन सक्ने बताए ।
राजदेवी कृषि तथा पशु उत्पादन सहकारी संस्थाले अहिले करिव एक सय भन्दा बढी किसानबाट १३ देखि १४ सयसम्म दुध संकलन गरेर डेरीसम्म प¥ुयाउने गरेको संस्थाका अध्यक्ष यम कुमार देवकोटाले बताए ।





















