सिन्धुली । विहिवार सिन्धुली प्रहरीले पटका बरामद गरी नष्ट गरेको छ । विपि राजमार्ग हुदैँ काठमाण्डौ लैजादै गरेको इलाका प्रहरी कार्यालय भिमानले बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । लाहानबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२६८ नम्बरको हायसबाट पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।
हायसको छतमा तीन वटा छुट्टा छुट्टै बोरामा लुकाई छिपाई ल्याईएको अवस्थामा पटका बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले बताईन ।
हायसबाट रकेट ४ प्याकेट (ठुलो), गमला ४ प्याकेट, फ्लाई स्टार ३ प्याकेट, चक्र १० प्याकेट, झिरझिरे ८ प्याकेट वरामद गरिएको हो ।
चाडपर्वका वेला राजमार्ग भएर राजधानी र राजधानीबाट अन्य जिल्लाहरुमा अवैध सामानहरु ओसार प्रसार हुन सक्ने भन्दै प्रहरीले विपि राजमार्गमा चेकजाँचमा कडाई गरेको छ ।





















