सिन्धुली/जुनार विकास संघ सिन्धुलीको शनिवार सम्पन्न २५ औ साधारणसभा तगा ८ औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनले कर्ण आलेको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा योगेन्द्र थापा, सचिवमा लाल बहादुर थापा र कोषाध्यक्षमा अर्जुन कोईराला चयन भएका छन । संघका निवर्तमान अध्यक्ष तिलक बहादुर थापाको अध्यक्षता तथा सिन्धुलीका जुनार पिताका रुपमा चिनिएका विष्णु बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बार्षिक साधारणसभा तथा अधिवेशनले संघको ४ वर्षको आर्थिक प्रतिवेदन र भावी रणनीतिहरु पास गरेको छ । संघको अधिवेशनले आर्थिक तथा प्रगति प्रतिवेदन समेत पास गरेको छ ।




















