सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ रातामाटामा रहेको निलकमल इन्टरप्राईजेजका सञ्चालक विष्णु बहादुर खड्काले निर्माणाधिन आइसोलेसनका लागि एक लाख १ हजार बराबरको निर्माण सामग्री सहयोग गरेका छन ।

प्रदेश सरकार र स्थानीय स्तरको सहयोगमा कमलामाई नगरपालिका वडा नं. ६ मा निर्माण भईरहेको पचास वेडको आइसोलेसन भवन निर्माणका लागि आवश्यक पर्ने सामग्री निलकमल इन्टर प्राईजेजले उपलब्ध गराउने भएको छ ।
खड्काले आइसोलेसन निर्माण पछि आवश्यक पर्ने सामग्री समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । उनी प्रदेश नं.२ बाट नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय सदस्य हुन भने होटल विनायक, वर्दिवासका प्रोपाइटर समेत हुन ।




















