सिन्धुली । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सिन्धुलीले शनिबार सिन्धुलीमाढीमा विशाल–कुमार स्मृति दिवस मनाएको छ । जनयुद्धको क्रममा सहिद भएका सिन्धुलीका शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार) को सम्झनामा एक औपचारिक कार्यक्रमको आयोजनामा श्रद्धाञ्जली अर्पण गरिएको हो ।

शनिबार फोटोमा माल्यार्पण गरी दिवस मनाईएको हो । नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको अध्यक्षता एवम नेकपा केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्लाका सहइन्चार्ज कमलजंग राई र केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्लाका सहइन्चार्ज उमा कोइरालाको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्दै राईले सहिदहरुको सपना पुरा गर्न नेकपा लागि परेको बताए । यसतै नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले पार्टी एकता पछि पनि सहिदका सपनालाई पुरा गर्न पार्टी लागि रहेको र सपना पुरा हुनेमा विश्वास व्यक्त गरेका छन ।
कार्यक्रममा नेकपा जिल्ला सचिव प्रदीप कटुवालले सहजीकरण गरेका थिए ।





















