सिन्धुली । प्रतिवन्धित पार्टी नेकपा (विप्लव) समूहका दुई जना कार्यकर्ताले. आइतबार पार्टी परित्याग गरि राज्य विरुद्धको अपराधमा संलग्न नहुने प्रतिवद्धता जनाएका छन । विप्लबको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सविन श्रेष्ठ र उपाध्यक्ष होम बहादुर सार्कीले पार्टी परित्याग गरेका हुन ।

उक्त विद्यार्थी संगठनको जिल्ला अध्यक्ष रहेका कमलामाई नगरपालिका– २ निबुवाटार स्थायी घर भएका २६ वर्षिय सविन श्रेष्ठले विगत २ वर्षदेखि संगठित अपराध तथा वम विस्फोटमा मुद्दा खेपिरहेका छन भने जिल्ला उपाध्यक्ष रहेका तीनपाटन गाउँपालिका– ५ सहरेका २३ वर्षिय होमबहादुर सार्कीले पनि संगठित अपराध तथा चन्दा मुद्दा खेपिरहेका छन ।
उनीहरुले आइतबार स्थानीय प्रशासन समक्ष राज्यले प्रतिबन्ध लगाएको राजनीतिक दल तथा राज्य विरुद्धको गतिविधिमा संलग्न नहुने र स्वतन्त्र भएर बाँच्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
शिक्षा क्षेत्रको आमुल परिवर्तनको सपना बोकेर नेकपाको राजनीतिमा लागेको भए पनि अहिलेको गन्तव्य र सिद्धान्तले त्यहाँ नपुगिने देखेपछि पार्टी परित्याग गरिएको पनि उनीहरुले बताए ।
सविन ८ वर्षदेखि विद्यार्थी संगठनमा आवद्ध थिए भने सार्की विगत ४ वर्षदेखि उक्त संगठनमा आवद्ध भएका थिए । सिवनलाई २ वर्ष अगाडि पार्टी विरुद्धको अनुशासन भंग गरेको पनि पार्टी कारवाहि समेत गरेको थियो ।




















