सिन्धुली । १५ वर्षीय बहिनी नाता पर्ने बालिका बलात्कार गरि गर्भवति बनाउने व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलन्जोर गाँउपालिका–७ खुर्कोटका ४५ वर्षीय व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
शनिबार गोलञ्जोर ७ खुर्कोटमा रहेको सुनकोशी मेडिकलमा स्वास्थ्य परिक्षण गर्दा बालिका गर्भवति भएको खुले परिवारले प्रहरीलाई मौखिक उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलका अनुसार अनुसार २०७६ माघ महिनामा बालिका बलात्कारमा परेको र पीडकको डर धम्किका कारण पीडितले भन्न नसकेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
आरोपी व्यक्तिलाई कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबाँसको होटलबाट पक्राउ गरिएको सिग्देलले बताईन । पीडित बालिकाको सोमबार नै जिल्ला अस्पताल सिन्धुलीमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रमा स्वास्थ्य परिक्षण तथा मनोसामाजिक परामर्श दिईएको छ ।
पीडित र पीडक नाताले दाजु बहिनी पर्ने बालिकाका काकाले बताएका छन । उनले बालिका गर्भवति भएको शंका लागेपछि स्वास्थ्य जाँच गरिएको र गर्भवति भएको पुष्टि भएपछि प्रहरीमा उजुरी दिएको बताए ।
उनीहरुले सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा लिखित उजुरी दिएका हुन । पीडक होटल व्यवसायी तथा नेकपाका कार्यकर्ता समेत हुन ।





















