सिन्धुली । मरिण गाउँपालिकाको न्यायिक समितिले गाउँपालिकाका सबै वडाका मेलमिलापकर्ताहरुका लागि आवश्यक पर्ने कार्यालय व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ ।

७ वटै वडाका मेलमिलापकर्ताहरुलाई सेवा प्रवाहमा सहज बनाउनका लागि सबै वडामा एक वटा अफिस दराज, १ वटा सिंगल अफिस टेवुल, एक वटा भिजिटर टेबल र ५ वटा प्लाष्टिक कुर्सि सहयोग गरिएको हो ।
न्यायीक समितिमा आएका वडाका मुद्दाहरु न्यायीक समितिले पहिलो चरणमा मेलमिलापकर्ता मार्फत सहजीकरण गर्ने गरेका छन ।
ती मुद्दामा छलफल गर्न र सहजीकरण गर्नका लागि व्यवस्थापनमा सहजता ल्याउन उक्त सामग्री सहयोग गरिएको हो । उक्त सामग्री गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले हस्तान्तरण गरेका छन ।
सामग्री हस्तान्तरण गर्दै बम्जनले सामाजिक न्याय स्थापित गर्दै जीत जीतको माध्यमबाट मुद्दा सहजीकरण गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए । उनले मेलमिलापले सामाजिक सद्भावलाई बलियो बनाउने भएकाले सबै वडामा मेलमिलापकर्ताको सहजताका लागि कार्यालयीय सामग्री हस्तान्तरण गरिएको बताए । उनले न्यायीक समितिको मेरुदण्डका रुपमा मेलमिलापकर्ताले काम गरेको बताए ।




















