सिन्धुली । युएनएफपीए तथा नेपाल रेडक्रस सोसाईटीले सिन्धुली अस्पताललाई आपतकालिन अवस्थामा आवश्यक स्वास्थ्य सामग्री तथा औषधिहरु सहयोग गरेको छ । प्रजनन स्वास्थ्य सेवा तथा बलात्कार जन्य घटनाको परिक्षण र गर्भपतन सेवाका सामग्रीहरु सहयोग गरेको हो ।

एकद्धार संकट व्यवस्थापन केन्द्रमा आउने बलात्कारजन्य घटनाका पीडितको स्वास्थ्य जाँच तथा उपचारका लागि आवश्यक सामग्री, गर्भपतनलाई सुरक्षित बनाउन आवश्यक औषधि तथा सामग्रीहरु, प्रसुति सेवाका लागि आवश्यक पर्ने सामग्री र परिवार नियोजनका सामग्रीहरु तथा औषधिहरु सहयोग गरिएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताए ।
अस्ट्रेलियन सरकारको सहयोगमा युएनएफपिए र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा विपदका बेला महिला तथा बालबालिकाको स्वास्थ्य सेवालाई सहज बनाउन उक्त सामग्री सहयोग गरिएको युएनएफपीएका सञ्जय शर्माले बताए ।
उनका अनुसार सर्लाहिको मलंगवा अस्पताल र सुनसरीको इनरुवा अस्पतालमा पनि उक्त सामग्री हस्प्तान्तरण गरिने भएको छ । जसका लागि युएनएफपिए र रेडक्रसको टोली स्वास्थ्य सामग्री सहित त्यस तर्फ गएको छ ।




















