सिन्धुली । जिल्ला युवा सञ्जाल सिन्धुलीले आगामी नीति तथा कार्यक्रम र बजेटमा युवा लक्षित कार्यक्रम ल्याउन कमलामाई नगरपालिका सिन्धुलीको ध्यानाकर्षण गराएका छन । सञ्जालले युवाको जवानी, स्थानीय तहको लगानी भन्ने नाराका साथ स्वरोजगार मूलक कार्यक्रम ल्याउन कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीको ध्यानाकर्षण गराएको हो ।
कोभिड १९ का कारण युवाहरुले रोजगारी गुमाई रहेको अवस्थामा उनीहरुलाई राहत हुने गरि योजना तर्जुमा गर्न युवा सञ्जालले माग गरेको छ ।
सञ्जालले युवा लक्षित कृषि अनुदान कार्यक्रम, सिप मूलक तथा व्यवसायीक तालिम कार्यक्रम, युवा लक्षित अभियान कार्यक्रम, युवाहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु, नगर स्तरमा युवा परिषद गठन र परिचालन, युवाहरुको भेला, गोष्ठी तालिम तथा अभिमुखीकरण कार्यक्रम लगाएतका योजना बनाउन नगरपालिकासँग माग गरेका छन ।
यस्तै कोभिडका कारण हुने बालश्रम रोक्ने र शिक्षामा पहुँच पु¥याउने कार्यक्रम ल्याउन समेत युवाहरुले माग गरेका छन ।





















